Skip to content

कवि लिम्वु [आँशु]

आफ्नो छाँया आफैसँग

आफनो छाँया आफैसँग एक्लिएर हराई गइगयो
एउटै थियो जोडिएको मुटु पनि पराई भइगयो

वैगुनीको जालमा परे कस्तो रैछ नियतिको खेल
मुटु मिची हाँस्दा खेरी आफै बने वर्षातको भेल
दोधारैमा अल्झिएर नौडाडा पारी तराई गइगयो
एउटै थियो जोडिएको मुटु पनि पराई भइगयो

सूर्योदयको देश

  • by

मिरमिरे ताराहरू लजाएर लुक्न थालेपछि
सुनको विहानी थियो त्यहाँ
नौलो घामका पाईलाहरू थियो त्यहाँ
पहिलो जम्का-भेटमा म पागल भन्थे
पागलको देश भन्थे
तर
उल्टो भो यहाँ 
पागल हैन सज्जन रैछ

चढाउ स्रद्धाको माला

  • by

नहान लातले
स्राप लाग्ला
तिम्रा पाइला पाइलामा
उन्को शीर ढल्केको छ
कति रूवाउछौ
भो अब नरूवाऊ
रून्दा रून्दा
आँसु सिद्धिएर थाकेकी होली

नयाँ वस्ती

एउटा नयाँ सहर 
एउटा नयाँ वस्ती 
चौतर्फी डाँडै डाँडाको पर्खाल
त्यहाँ नयाँ माँन्छेको भिड 
कोही ब्यपारी
कोही किसानी
कोही वुद्धीजिवी
आ-आफ्नै चाल 
आ-आफ्नै ताल

असभ्य मान्छेहरू

मष्तिष्कको मण्डपमा
सोझा निमुखाको आहुति चढाउने 
कुर्सीको विलाषमा
हजारौको वलिदान लिने
योगी होइन
अतृप्त चाहनाका भोगी मान्छेहरू
कहिले दिन फेरिन्छ

हिम नदी

आहा ! कति लोभ लाग्दो छ
विहानी झुल्के घामको
लाग्दैन मलाई त्यही सतहमा
घमण्ड हिउँ कै नामको

छांग छांग छुंग छुंग गर्दै
बेग गतिमा बगेको छ
वारी पारी ईन्द्रेणी स्वर्णिम दृश्य
साथमा लगेको छ

नफूलेका फूलहरू

फूलका परेलीहरू
कोपिलाका तरेलीहरू
उजाडीयो !
हिउँ र तुसारोहरूमा
असिना र वतासहरूमा

कोही कोपिला मैं
कोही मूना र हाँगामा नै

पलाएका पालुवाहरू
झर्न थाले
फूलहरू फूल्न नपाई
खस्न थाले

मलाई चाहिएको स्वतन्त्रता

चाहिन्न मलाई
छेपारोले घाम तापेको देश
चाहिन्न मलाई
बुद्धले दिएको अर्ती र उपदेश
पैंतालोले कुल्चेर पछारेको देश
मलाई त
लाटो अन्धो हिड्ने देश चाहिएको छ
शान्तिलाई लत्याएर हिटलर चिप्लेर
खाल्डोमा गिरेको देश चाहिएको छ

नेपाल र नेपाली

  • by

बनाउ है साथी नेपाल माँथी पुर्याउ है चुलीमा
भ्रष्टाचार गर्ने यो देश नंग्याउने चढाउ सूलीमा ।
क्या राम्रो ठाँउ पहाडी गाँउ झरनाले छोएको
यो मनै भित्र खुशीले छाँउदा धरधरी रोएको ।।

पसिना झारी अमृत पारी विश्वमा चिनाउ की
श्रम र सीप गरेरै सबैले हातेमालो मिलाउ की ।
माटोमा रोपे माटैमा फल्छ मेहनतको कमाई
साईत जुरे पंचेबाजा ठोकी भित्रयाउछ दमाई ।।

यस्तै रहेछ जिन्दगी

  • by

रोएर बिते ती दिनहरू
त्यो कालो वादल
आँखैको सामु उर्लिएर आउदा
भिज्यो मन कति-कति
त्यो वर्षातको भेल
छ-छल्किएर पोखिन्दा
अनायासै
घाउहरू बल्झे
वतास र तुवाँलोले छेकिदिँदा

पागल वस्ती र माँन्छे

  • by

रंगमंचमा उभेर भाषण छाँट्नेहरूसंग
कता कता हाँसो उठेर आउछ मलाई
देश उन्नतिको शिखरमा चडाउने
जुन हराएको देशमा
घामकाे उज्यालो ल्याउने
भोका र नांगो पेटलाई फुट्ने गरी खुवाउनेे
यी हल्लै हल्लाको गफमा
बकुलाको हुल होकी अर्नाको
सिंहको पंजाबाट बाँच्नलाई जुटे जस्तो
भन्नेको कुरा सुन्नेको कानमा छुटे जस्तो
देख्छु संसार एक
तर बन्छ नौटंकी बोलीको कुरा अनेक
बुझ्नेले बुझे पनि नबुझ्नेले नबुझे पनि
हाँड़ीमा मकैं पटट-पटट पड्के झै
पड्केकै छ ताली
देख्दैन बुझ्दैन कसैले
देश बेचेर दिनका दिन हुदैछ खाली
माँन्छे हो की पशु
बाहिर फूलको विउ छर्ने
भित्र भित्रै छुराको घिउ दल्ने
बन्दै छ पागल वस्ती

साँगुरो गल्ली

  • by

चाहिन्न मलाई ती
फराकिला बाटोहरू
किनकि म
साँगुरो गल्ली र गोरेटोहरूमा
हिड्न थालि-सके ।
चाहिन्न अब मलाई
फूलका सुगन्ध र सुन्दरताहरू
काँडाहरूको धारमा
हिड्न जानिसके ।

म को हुँ ?

  • by

मन्दिरमा छ कि
मूर्तीहरूमा
आस्थामा छ कि
विश्वासमा
म खोजी हिड्दै छु
पाटी-पौवा र गल्लीहरूमा
म सोधी हिँड्दै छु
मान्छेहरूको मन-मन्दिरमा
म को हुँ ?

आमाको ममता ! ( झ्याउरे कविता )

हे आमा मलाई यो जन्म दिई यै धर्तीमै हरायौ ।
बालखैपनमा छाडेर गई किन टुहुरो बनायौ ।।

सबैले भन्छन् हे आमा-बावा म भन्न् सक्दिन् ।
ईश्वरलाई पनि मन-भित्र अब लुकाई बस्दिन् ।।

चिरबिर चरी उड्नलाई छोडी पर्दछ पासोमा ।
त्यही पासो आज मलाई लाग्यो नगर हाँसोमा ।।

४२० ( कथा )

  • by

विहानैदेखि सूर्यले मुहारलाई छुपाई रहेको देख्दा अनायासै आश्चार्यको अनुभूति हुनु कुनै नौलो अवस्था उत्पन्न भईरहेको आभाष हुन्थ्यो । त्यै भएर होला शायद आकाशले पनि लजाएर वादलको घूम्टो ओढी चिहाईरहेको थियो । समय आफ्नै गतिमा आफ्नै तालमा चलिरहेको भान हुँदा, समय न हो पल्लाघरे जेठा पनि सूर्य र आकाश झै वाक्क हुदै आज विहानैदेखि मुरमुरिन्दै घरी-घरी केही कुरा चित्त नबुझे झै गरी यता-उता छटपटिँदै गुनगुनाउदै आक्रोसमा चिच्याउदै रहेछ । कुरा के रैछ भनी बुझिहेर्दा त छट्टुरामले सताएर चौपट्टै पारेको रहेछ । त्यै भएर छट्टुरामलाई सजाय दिनको लागि समाज बसेको रैछ । तर के गर्ने विडम्बना ……!

मेरा दुखित मनहरू

  • by

मेरा आँसुहरू शीतको वर्षा बर्से झै
थोपा थोपा बनि तप्प तप्प झर्छ
मेरा दुखित मनहरू धर्तीको माटोहरूमा
म हिडने पाईलाहरू
अन्धो भएर ठोकिन्छन
अटेरी ढुंगाका बाटोहरूमा

सम्झन्छु
अतित र वर्तमानलाई
बेस्सरी खाल्डोमा हाम फालेका पलहरू
जहाँ म फुल्न नसक्ने काँडाहरूलाई अंगाली हिडे
त्यसैले
पश्चापी मन लिएर बेस्सरी रून मन लाग्छ मलाई
कहिले
हाँस्छु पनि सम्हालिन्न मन
सम्हाल्न खोज्छु भत्किन्छ झन
अनि फेरी बेजोड तरीकाले रून्छु

कस्लाई थाहा छ र
मनको पीडा यहाँ ?
पोखाउदा त छ-छल्किएर छल छल्ती पोखिने हो
तर
बाँधिएका छन् जन्झिरका ठूला ठूला सांग्लाहरूले
सक्तिन संसारकै आँखामा छिप्न