Skip to content

आफ्नो छाँया आफैसँग


आफनो छाँया आफैसँग एक्लिएर हराई गइगयो
एउटै थियो जोडिएको मुटु पनि पराई भइगयो

वैगुनीको जालमा परे कस्तो रैछ नियतिको खेल
मुटु मिची हाँस्दा खेरी आफै बने वर्षातको भेल
दोधारैमा अल्झिएर नौडाडा पारी तराई गइगयो
एउटै थियो जोडिएको मुटु पनि पराई भइगयो

हाँसी हाँसी माँया लाउथ्यौ मनका कुरा साटेर
जुनी जुनी साथ दिन्छु भन्थ्यौ वाचाबन्धन वाँधेर
आखिरीमा अर्कैसँग मिली मलाई रूवाई गइगयो
एउटै थियो जोडिएको मुटु पनि पराई भइगयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *