Skip to content

आहा ! कति लोभ लाग्दो छ
विहानी झुल्के घामको
लाग्दैन मलाई त्यही सतहमा
घमण्ड हिउँ कै नामको

छांग छांग छुंग छुंग गर्दै
बेग गतिमा बगेको छ
वारी पारी ईन्द्रेणी स्वर्णिम दृश्य
साथमा लगेको छ

बसन्त हेमन्त शीशीर र गृष्म 
लाग्दैन कहिल्यै अन्ध्यारो
खोल्सा खोल्सिको रसस्वासन गर्दै
समुन्द्रको लालसामा पधार्यो

त्यो सुन्सान एकान्त वनमा
आवाज मिठास कति लागेको
तराई पहाड हिमाल के छ र वाँकी
तिम्रै सुन्दर रूपले सबै ढाकेको

हे जल नदी हिम नदी
दयाको खाँनी कति बोकेकी
दिउला तिम्लाई ताज आज 
सबको माँझ रानी ठोकी ठोकी

तरंग तरंगमै बग्दै छ कम्प साथ
हिम नदी अत्यन्तै दिब्य हिउँ फोडी
अन्पूर्ण कंचनजंगा र सगरमाथा
त्यो मनमोहक वक्षस्थल सधै तोडी

पवित्र जल लिई स्नान गर्दछौ
नित्य तिम्रो त्यो छाँतीमा नाची
ग्रहण गर्छौ बिष होईन अमृत भनि
युग युग जीउदछौ शरीर साँची

हार होईन लक्ष्य सही छ 
सधै देख्छु तिम्रो अटल जीत 
तिम्ले छोडे बाँच्दैनौ हामी
हे हिम नदी लगाउ है सधै प्रीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *