विहानैदेखि सूर्यले मुहारलाई छुपाई रहेको देख्दा अनायासै आश्चार्यको अनुभूति हुनु कुनै नौलो अवस्था उत्पन्न भईरहेको आभाष हुन्थ्यो । त्यै भएर होला शायद आकाशले पनि लजाएर वादलको घूम्टो ओढी चिहाईरहेको थियो । समय आफ्नै गतिमा आफ्नै तालमा चलिरहेको भान हुँदा, समय न हो पल्लाघरे जेठा पनि सूर्य र आकाश झै वाक्क हुदै आज विहानैदेखि मुरमुरिन्दै घरी-घरी केही कुरा चित्त नबुझे झै गरी यता-उता छटपटिँदै गुनगुनाउदै आक्रोसमा चिच्याउदै रहेछ । कुरा के रैछ भनी बुझिहेर्दा त छट्टुरामले सताएर चौपट्टै पारेको रहेछ । त्यै भएर छट्टुरामलाई सजाय दिनको लागि समाज बसेको रैछ । तर के गर्ने विडम्बना ……!

त्यो गाउँमा केही दिनदेखि यता एक जना फटाहा मान्छे बस्दथ्यो । हेर्दा खेरी भलादमी पाराको गन्नेमन्ने जस्तो तर व्यवहार चाहिँ (४२०) धूर्तको कसैले साहस गरेर नाम सोधिहाल्यो भने पनि तुरून्तै जवाफ दिईहाल्दथ्यो छट्टुराम ।

समयको चक्रसँगै बिस्तारै-बिस्तारै उमेरले डाँडा काट्दै गईरहेको बेलामा आफ्नै उमेरलाई याद गर्दा त लक्का जवान, हर्लक्क बढेको उमेरको हिसाबले ठ्याक्र्याकै २५ बिहे गर्नलाई सही उमेर समयको मौका छोप्दै मौकामा-चौका हान्नलाई निस्कियो छट्टुराम । केटी खोज्ने दौरानमा त्यसै त छट्टुराम जोगीको रूप धारण गरी निक्लियो । तर केटी कही पनि भेट्ाएन लगभग २५० घर जति चाहार्यो होला तर हरेस भने पटक्कै खाएन् । जन्मेपछि मेरो लागि पनि त कोही होला नि भन्दै थकित मुद्रामा सोच्दै हिडीरहेको थियो । दिनले पनि बिदाई लिन्दै साँझको बेलालाई स्वागत गरिरहेको अवस्थामा अब बास बस्नपर्यो भनेर बास खोज्ने क्रममा हिड्दा-हिड्दै पल्लाघरे जेठा कहाँ बास माग्न पुग्छ । बम-बम भोले जय-जय शिवशंकर !

पहिलेदेखि चलिआएको रीतिरीवाज घरमा आएको जोगीलाई त रित्तै हात पठाउन् हुन्न भनी पैसा र चामल दिनलाई बाहिर निस्कदा त “मलाई अहिले दान होईन् बरू मिल्छ भने आजलाई एक रात बास बस्न दिनुहोस” भनी बिन्तिभाउ कस्यो । दान चाहिँ कुनै दिन अवस्य लिउला भनी बास माग्यो । के गर्ने रात पनि निक्कै छिप्पिरहेको बेलामा बेलुकातिर आएको पाहुनालाई किन फर्काउने भनेर बच्चनलाई स्वीकार गर्यो । त्यसपछि यता-उता गफगाफ लम्विन्दै गएसी खाना खाने बेला पनि भयो । खाना पस्काउने क्रममा बोलाउदै “एई छोरी ! घरमा आएको पाहुनालाई ल खाना देऊ त ।”

“हुन्छ बावा !” छोरीबाट उत्तर आयो ।

यही सिलसिलामा छट्टुरामले पनि केटी हेर्ने सुवर्ण अवसर पायो । ओहो ! पुरा छुल-छुल बैसले छोएको /मस्ताना एकदमै सुन्दरी स्वर्गकी अप्सराको त कुरै नगरौ । खाउ-खाउ गरी लोभ लाग्दो छट्टुरामको लोभले चवस्स आँखा गाड्यो । मन-मनैमा सोच्न लाग्यो । आहा ! यो केटी चाहिँ मेरै लागि जन्मिएको रैछ । थुक घुट-घुटी निल्दै सोचमग्नमा हरायो । (नछाड केटा नछ्ड) मनै-मनले भन्दै त्यो रात खाना खाई निदायो ।

हुदा-हुदै छट्टुराम विहानीको झूल्के घामले धर्तीमा टेकेपछि बिस्तारै छुट्टिनै पर्ने अवस्था आईपर्यो । तर के गर्ने समयको डोरीले सधै एकैनासले बाँधी राख्दैन् । लौ त बिदा लिनुपर्यो फेरि कुनैदिन आउला भनी आफ्नो बाटो ततायो ।

केटी देखेको दिनदेखि यता छट्टुरामलाई निन्द्रा नै लाग्न छोडिसक्यो । केही त गर्नुपर्यो । बिहे गरौ सुन-पैसा चाहिन्छ त्यो पनि छैन् फेरि केटी नभई भाछैन् । सोच्दा-सोच्दै एक दिन, दुई दिन गर्दै हप्ता-महिना बित्न थाल्यो । हुदा-हुदै सुन-पैसा कमाउने लालसा बोकेर बनावटी दार्ही-जुंगा लगाई अलि उमेर ढल्किएको पारामा ठाँटिएर बाहिर बजारतिर हिड्न निस्कियो । संयोग भनौ या भाग्य हुने बेलामा भूत नै कमारो दैवले नि ठ्याक्कै जुराएको । एक जना सोझो परदेशी हिजै मात्र परदेशबाट आईपुगेको अंजान ठाँउ अंजान मान्छे साथीको पाडसाल पुर्याउनलाई सोध-खोज गर्दै हिडीरहेको रैछ । छट्टुराम (नछाड केटा नछाड) मौकामा-चौका भन्दै त्यो सोझो परदेशी भएको ठाँउतिर हिड्यो । बिचरा परदेशी पनि सोझो मान्छे । भाग्यमानीको भूतै कमारो ठ्याक्कै यही बेला । छट्टुरामलाई सोध्दै, दाई हजुरले यहाँ काले भन्ने नाम गरेको मान्छेलाई चिन्नुहुन्छ ।

छट्टुराम – किन र केही काम थियो कि ?

परदेशी – हजुर !

छट्टुराम – के काम पर्यो त नि बावु ?

परदेशी – ए ! वहाको छोराले बिदेशबाट पाडसाल पठाउनु भएको थियो त्यै भएर हो हजुर । [ दिमाग तु लगाई हाल्यो छट्टुराम ]

छट्टुराम – ए हो र ! म नै हो नि । उ त्यहाँ मेरो घर छ लौ हिडौ है बावु ।

चलाक छट्टुराम हत्तनपत्त सगै घरमा गई चियापान गराएर ।

छट्टुराम – लौ के-के पठाएछ त बावु छोरोले ? भन्दै सोध्यो ।

परदेशी – ५ तोला सुन र १० हजार पैसा ।

छट्टुराम – ए ! राम्रै गरेछ थुकको घुडको निल्दै ।

परदेशी बावु यी यस्तै छ गरीबको जिन्दगी छोरोले खर्च पठाईदिएछ । अब त्यही खर्चले यसो घरको टिन छाउनु पर्ला अनि त्यसैगरी दूध दुहुने गाई पनि किन्नु पर्ला (बाहाना बनाई) सुन र पैसा दिई सोझो परदेशी बिदा मागी लाग्यो ।

यता छट्टुरामको भने निकै ठूलै भाग्य खुल्यो । बिहे खर्च पनि पुग्ने भयो, चाहेको केटी पनि पाइन्ने भयो भन्दै खुशी भएर सेच्दै बाटो ततायो । अब के गर्ने भन्दै दिमाग खियाउन् थाल्यो (आईडीया) । हतार-हतार पाएको पैसा र सुन बोकी एउटा गाई किन्नलाई गाई खोज्दै हिड्यो । सोच्या अनि भनेको जस्तै ठयाक्कै लक्षिणको गाई ५ हजारमा भेटायो र गाई किनी तुरून्तै निक्लियो । चलाख छट्टुराम बिहे गर्ने तमतयारीमा चाहिने सबै सामग्री जुटाई साथमा रहेको गाईलाई डोर्याउदै पल्लाघरे जेठा कहाँ लाग्यो । अलि साँझ बित्दै गएर रातको दाऊ छोप्दै बास माग्नलाई पल्लाघरे जेठाकोमा पुग्यो ।

छट्टुराम – ए दाई ! आज एक रातलाई कतै बास बस्नलाई पाइन्छ कि हजुर ?

पल्लाघरे जेठा – ए को हो ! बाहीर राती कराउने ? भन्दै निस्कियो ।

छट्टुराम – हैन् हजुर ! एसो रात पनि छिप्दै गएकोले कतै बास पाइन्छ कि भनेर ।

पल्लाघरे जेठा – हुन त हो ! फेरि रातमा आएको पाहुना ईश्वर हुन्छ । साथमा गाई पनि लिएर आउनु भएको रैछ हुन्छ नि भन्दै बास दियो । एता छट्टुरामलाई मुटु ढुक-ढुक हुनेगरी सोलाले हानिरहेको थियो । कति खेर चाही छोरीको मुहार हेर्न पाइएला भनेर । हुदा-हुदै बडो सत्कार सहित खाना खाने अवसर मिल्यो त्यसैगरी लक्षिणकी छोरीको मुहार हेर्ने अवसर पनि । आफ्नो त पेट टन्नै भयो तर उता गाइलाई भने बाँकी नै छ ।

छट्टुराम – ए हजुर ! मेरो गाइलाई पनि यसो दानापानी मिल्ला कि लागेको पैसा म हजुरलाई दिन्छु ।

पल्लाघरे जेठा – एई छोरी ! गाइलाई पनि यसो दानापानी देऊ त ?

छोरी – हुन्छ बावा ।

छोरी घाँसपानी हाल्न गएपछि सबैको सुत्ने प्रोग्राम भयो । तर उता चलाख छट्टुरामलाई भबिष्यको चिन्ताले सताउदै निदाउन् छोडी सुटुक्कै गाई भएको ठाउँतिर जान्छ र आफुसंग भएको सुन र पैसालाई कसैले थाहा नपाउने गरी गाईको घाँसमा मिसाई खुवाउछ र विहानको प्रतिक्षा गर्दै आनन्दले निदाउछ ।

मधुरमिठास चराहरूको आवाजसँगै सूर्यले पनि विहानीको सुन्दर दृश्यलाई चुम्बन गर्दै मुसुक्क हाँस्दै निरन्तर आफ्नो गतिमा चल्दै जान्छ । उता परिवारका सबै विउझे यता छट्टुराम पनि बिउझियो र बिदा माग्ने तरखरमा लाग्दै बोलायो ए दाई ! लौ त हजुर म पनि एसो बाटो लाग्नु पर्ला (लाग्ने मन त छैन तर बहाना मात्रै) । पल्लाघरे जेठा बिदा दिने तरखरमा गाई भएको ठाउँतिर जान्छन् । र गाईकै सम्बन्धमा निकै गफ चल्दै गएसी गाईले पनि अचानक सही समयमा दीसा गर्न पुग्छ । पल्लाघरे जेठा त हेर्या- हेर्यै डयाम्मै अचानक भूईमा लड्छ । पानी छर्केर उठाउदै दाई हजुरलाई ठीक त छ ? होसमै हुनुहुन्छ ? अं ठिकै छु भनी गाईको गोबरतिर हात लगाउदा त सुन र पैसा पो निस्कन्छ (लौ अचम्म भयो -२) आजसम्म जन्मेदेखि यस्तो गाई त देखेको नै थिईन् । देउताको पालाको कहानी चाहिँ सुनेको थिए । भन्दै चिच्याउन पुग्छ । आँखाकै अगाडी यस्तो घटना घटेपछि बिस्वास पनि नगरोस त कसरी । तर के थाहा बिचरा सोझो पल्लाघरे जेठालाई यो त सब छट्टुराम (४२०) को चलाखीपन मात्रै थियो । अब भने गाई प्रति लोभ लागेर आयो रात -रातै धनी हुने सपना सजाउन थाल्यो पल्लाघरे जेठा र गाई किन्ने तरखरमा कुरा अगाडी बढाउछ । तर धूर्त छट्टुराम स्वार्थ र भाऊ कस्दै (चाहिएको छोरी) हजुरले अब गाई किन्ने निर्णय लिईहाल्नु भयो ठिकै छ नि तर हजुरले मेरो एउटा सर्त चाहिँ मान्नुपर्छ । जुनै सर्त भएपनि मान्ने तयारमा सुन र पैसा दिने गाईको मोहमा बचन दिन्छ । छट्टुराम कुरा अगाडी राख्दै लौ त्यसो हो भने हजुरले मलाई ५हजार पैसा र छोरी दिनुपर्छ …! कुरा सिद्धिन नपाई पल्लाघरे जेठा मंजुर हुन्छ । आफ्नो अभिलाषा पुरा भएपछि छट्टुराम ५हजार पैसा र छोरी साथमा लिई गाउँनै छोडी सुईकुच्चा ठोक्छ ।

बिचरा सोझो पल्लाघरे जेठाको हालत नत गाईले सुन दिन्छ नत पैसा नै । डुब्यो -डुब्यो : बरवाद भयो छट्टुरामले आफ्नो छोरी र ५हजार पैसा धूर्त गरेर लगेकोमा आफनो पुरपुरोमा हात राख्दै शीर निहुराएर बेलैमा आफनो बुद्धि नपुर्याएकोमा पछुताउदै गनगनाई रहन्छ- बरबराई रहन्छ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *