एउटा नयाँ सहर
एउटा नयाँ वस्ती
चौतर्फी डाँडै डाँडाको पर्खाल
त्यहाँ नयाँ माँन्छेको भिड
कोही ब्यपारी
कोही किसानी
कोही वुद्धीजिवी
आ-आफ्नै चाल
आ-आफ्नै ताल
कोही कवि वन्ने
कोही गजलकार
कोही कथाकार
जे भए पनि मज्जा छ
दिन दिनै आगन्तुकको माहौल छ
फस्टाउदै छ खेती
फूलै फूलको भेटी
केही छैन् घटीकमी
विशाल छ छवी
हराभरा छटा
सुन्दर छ प्रकृतिको लिला
सूर्य झूल्किन्छ त्यही वस्तीमा
तारा चन्द्रमा चम्किन्छ उही वस्तीमा
रमाइलो छ जिन्दगी
घमाइलो छ जीवन
चोरै चोरको शहर हैन्
शोषक सामन्तीको घर छैन्
के ? दुई नम्वरी
के ? कालो बजारी
कसैको थोपडामा देखिन्दैन
कसैको मनमा भेटिन्दैन
सधै दूध नै दूध बहने
सधै मह नै मह जम्ने
लाग्छ संसारकै सभ्य वस्ती
लाग्छ संसारकै अनौठो वस्ती
