Skip to content

आमाको ममता ! ( झ्याउरे कविता )


हे आमा मलाई यो जन्म दिई यै धर्तीमै हरायौ ।
बालखैपनमा छाडेर गई किन टुहुरो बनायौ ।।

सबैले भन्छन् हे आमा-बावा म भन्न् सक्दिन् ।
ईश्वरलाई पनि मन-भित्र अब लुकाई बस्दिन् ।।

चिरबिर चरी उड्नलाई छोडी पर्दछ पासोमा ।
त्यही पासो आज मलाई लाग्यो नगर हाँसोमा ।।

याद आइदिन्छ एकलै बस्दा आमाकै मायाको ।
नजर बिच नजर झुकेर बस्दछ् वादलु छायाँको ।।

निदले पनि बिर्सन्न थाल्यो औंसीको रातलाई ।
एकलै पर्खेर बसेकी हौला नि जुनेली साँझलाई ।।

बस्तिन् यहाँ म आउँछु आमा हजुरको साथैमा ।
यो पीडा र दुखको घाउलाई भुलाउछु हातैमा ।।

हे आमा मलाई लिनलाई आऊ धर्तीको मेलामा ।
माटोमै जन्मे माटोमै जान्छु म मरेको बेलामा ।।

शरीर मरेर केभो आत्मा त बन्दछ अमर-अजर ।
आँसुको मोल आसुमै बग्छ कति झुक्दछ अधर ।।

प्यास नै लागे तिर्सना जागे सम्झेर जिउनुहोस् ।
हे आमाबावु हे दिदीभाइ मलाई बिदा दिनुहोस् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *