मष्तिष्कको मण्डपमा
सोझा निमुखाको आहुति चढाउने
कुर्सीको विलाषमा
हजारौको वलिदान लिने
योगी होइन
अतृप्त चाहनाका भोगी मान्छेहरू
कहिले दिन फेरिन्छ
कहिले समय बदलिन्छ
कहिले पुराना छाप मेटिन्छ
अनि असभ्य मान्छेको मुकुट उतारीन्छ
गरीब छ त ईज्जत लुटिन्छ
अमिर छ त उसैको संसार
जन्मैको को थियो र
सुन र मोतीको भण्डार बोक्ने
एउटै आमँाको सन्तान होइन र
जन्मे नांगै मरे पनि नांगै नै
उही शरीर उही नै आत्मा पनि
त्यही ओभानो छहारीमा
हुर्किएको महान कोखलाई लत्याएर
अभिषापको बीष पिलाउने
हे ईश्वर कस्तो युगको सृष्टि गर्यौ
यदी नास्तिकताको परिधीमा वाँधिन्छ भने
एे प्रकृति तिम्रो सुन्दरता
किन लुटाउछौ रक्त पिपाशुहरूलाई
आमँाको न्यानो ममतालाई
मफलरको आँचलमा उडाउने
जीउदो पानीको मुहानमा
बिषाक्त रसलाई मिसाउने
मूल्यहीन छ दूधको मोल
न त बजारमा बिक्री हुन्छ
न त मान्छेको थैलामा भरीन्छ
ती त रीत्तै छन् घैलाहरू
केवल साधुको भेषमा भांग्रा धस्नेको नक्कल छ
उजाडीयो वस्ती
पुछिदिने कोही छैन् आँसुको सागर बग्दा पनि
बरू….
भोको प्यासी मनका नजरहरू यत्रतत्र छरिएका छन्
सान्तवना दिनेको माहौल छैन
सहराविहिन छन् अस्तित्व
वदलियो मान्छे वदलियो मन
ढुंगाको मुटु बोक्नेसँग
माँया र दयाको के महत्व
केवल अन्धो शासक अन्धै देश
असभ्य शासन असभ्य भेष
