Skip to content

अजित क्षेत्री

UAEको सगरमाथा साहित्य प्रतिष्ठानले पायो पूर्णता

अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाइरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठानले पूर्णता पाएको छ । संस्थाको हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष जीवित खड्का मगरले प्रस्ताव गरेका नामहरुलाई सर्वसम्मतिले चयन गरेसँगै संस्थाको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको हो ।

Read More »UAEको सगरमाथा साहित्य प्रतिष्ठानले पायो पूर्णता

सर्वाधिक पुरस्कार राशिको विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुँदै

सर्वाधिक पुरस्कार राशी सहित विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुनेभएको छ । प्रतियोगिता सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो । सर्वोत्कृष्ट हुने कविले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँसहित प्रमाणपत्र पाउने छन् । यो राशी कविता प्रतियोगितामा अहिले सम्मकै सर्वाधिक पुरस्कार राशिरहेको कुरा संस्थाको अध्यक्ष कृष्ण विश्वकर्मले बताउनु भयो ।

20191011_AjitChhetri-News

युएईमा साहित्यिक श्रष्टालाई सम्मान गरिने

युएई/सगरमाथा साहित्य प्रतिष्ठानले एक कार्यक्रमका बीच दुई जना साहित्यकर्मीलाई सम्मान गर्ने भएको छ । कार्यक्रम युएईको आबुधाबीमा यही अक्टोबर १८ तारिखमा हुँदैछ ।

सम्मानित हुन लाग्नु भएका साहित्यकर्मी युएईमा रहनु भएका गजलकार टक गुरुङ र झापामा कार्यरत कवि एब म सञ्चारकर्मी मायामितु न्यौपाने हुनुहुन्छ । कार्यक्रममा भाग लिन न्यौपाने युएई आइसक्नुभएको छ ।

मूल्य

तिम्रो क्यानभासको आयातन
बढेको पक्कै हो-
जब तिम्रा कुचीले कामुक मुस्कान वाली
विश्वसुन्दरीको चित्र दुरुस्तै कोरेको थियो
तिम्रो क्यानभाषको मूल्य आकासिएको पक्कै हो
जब त्यसमा कोरिए-
नामुद नगरबधुको मोहनी मुस्कान,

हँसिला अनुहार सबै हाँसेकै छन्

हँसिला अनुहार सबै हाँसेकै छन् भन्ने के छ
डरै डरमा जिउनेहरू बाँचेकै छन् भन्ने के छ

बिताए जसले जीवन गुलामी गरेरै बिदेशीको
छातीभित्र तिनले देश टाँसेकै छन् भन्ने के छ

दुई मुक्तक (भन कुन मन्दिरमा छौ)

१)
भन कुन मन्दिरमा छौ या दरबारमा छौ
या तिनै बेइमानहरुको हाट बजारमा छौ
हो कस्तो इन्साफ यो, हे भगवान तिम्रो
म अचानोमा छु तिमी चैँ तरबारमा छौ ।

भैँसी बेची घरको छानो किन्छु

भैँसी बेची घरको छानो किन्छु भन्थी उसले
किन्ने पाए यो जवानी दिन्छु भन्थी उसले

जवानी नि दुईचार दिनको वर्षे भेल होला
उस्तै परे खाडी मुलुक हिन्छु भन्थी उसले

हजार माइल पर

प्रिय मल्लिका…
हेर त म पत्थर भएको छु
तिम्रो अभावले,
तिम्रो स्पर्शको अभावले
बिस्तारै बिस्तारै म
जड हुँदै गैरहेको छु
पग्लनलाई त म हिउँ बन्नु पर्छ
तिमी घामको प्रकाश बन्नु पर्छ

आँसु पोखेर मोती उमार्ने

आँसु पोखेर मोती उमार्ने रहर कहाँ छ ?
भन्देऊ त स्वार्थी नभेटिने शहर कहाँ छ ?

भाग्छन् मान्छेहरू जून टिपुँला जस्तै गरी
मान्छेले चाहे जस्तै हुने तर प्रहर कहाँ छ ?

मेरा नयन वर्षे भेल

मेरा नयन वर्षे भेल, पानी झरेर अचेल
उसकै यादको झरी लाग्ने बानी परेर अचेल

थाहा पाएँ उस्ले पाइला मोडिसकेछ अन्तै
जान्छ अरे प्यास मेट्न काली तरेर अचेल

देशबाहिर

हो, मैले त्यसरी छाड्नु हुने थिएन
त्यो लालीगुराँसको फूल
जिन्दगीको त्यो घाँसे मैदान
तिम्रो अराजक प्रेमको त्यो न्यानो अंगालो
मैले त्यसरी छाड्नु हुने थिएन मेरो देश
त्यात्न खोज्दा पनि नसकिने प्रेमपत्र जस्तो
भुल्न खोजेर पनि नभुलिने डरलाग्दो स्वप्न जस्तो
आफ्नै रहरको कैदी भएर मैले
आउनु हुदैनथ्यो परदेश ।

अंश

मैले नौ महिना गर्भमा पालेको
मेरो रगतको एक अंश
जसको पहिलो स्पर्शमा
म आफ्ना पीडा भुलेर
अल्हादित भएकी थिएँ
जसको पहिलो रुवाईमा
म आमा बनेको खुसीले रोएथें

मेहनतको सुवास

रातै फुलेका गुलाब, गुराँस र चमेली
अनि तिनका लठ्याउने सुगन्ध
सुन्दर लाग्छ
र त रोप्छन् आँगनमा
रोप्छन् गमलामा
र तिनको सौन्दर्यको भोग गर्छन्
मान्छेहरू
यही भोग र सम्भोगको लालसामा
हरेक दिन लुटिइन्छन्

देशप्रेमी तिमी

अनुदानको नून खान्छौ
अनुदानकै औषधीले बाँच्छौ
आयातित चुल्हो किन्छौ
आयातित ग्याँस बाल्छौ
आयातित तेल हाल्छौ
बिदेशी ब्रुसमा बिदेशी मन्जन
ङिच्च हाँस्छौ पिच्च थुक्छौ
र कुल्ला गर्छौ

मान्छे

उडाउँछु मनको चङ्गा
उड्दछु आकाश गङ्गा
देख्दछु पाषाण मनुष जमात
देखिन्छन् सबका सब नङ्गा ।

देख्दछु मान्छेले विवेक बेचेको
मान्छेले जीवनको साँध मिचेको
गर्दै छन् तँछाड मछाड सबै
देख्दछु मान्छेले मान्छे किचेको ।

प्रेम त एकबार हो

प्रेम त एकबार हो बारबार कहाँ हुँदो रैछ ?
तर मन मिल्नेसँग घरबार कहाँ हुँदो रैछ ?

भन्न त भन्छन् सबैले महलमा सजाउँछु
तर सबैको दिलमा दरबार कहाँ हुँदो रैछ ?