Skip to content


उडाउँछु मनको चङ्गा
उड्दछु आकाश गङ्गा
देख्दछु पाषाण मनुष जमात
देखिन्छन् सबका सब नङ्गा ।

देख्दछु मान्छेले विवेक बेचेको
मान्छेले जीवनको साँध मिचेको
गर्दै छन् तँछाड मछाड सबै
देख्दछु मान्छेले मान्छे किचेको ।

छन् धनी कोही असाध्य यहाँ
छैनन् माग्ने गनी साध्य यहाँ
पैसा भो ठूलो मान्छे भो सानो
छैन पैसाको मोल भनी साध्य यहाँ ।

हार जीतको खेल मात्र हो फगत
हारेको छ सारा मानव जगत
मान्छेले मान्छेलाई चिन्न नसके
व्यर्थै हो हुनु एउटै रगत ।

मान्छेले मान्छेलाई चिन्न नसक्ने
व्यर्थै हो हुनु एउटै रगत ।

अजित क्षेत्री
हाल – युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *