Skip to content

दुई मुक्तक (भन कुन मन्दिरमा छौ)


१)
भन कुन मन्दिरमा छौ या दरबारमा छौ
या तिनै बेइमानहरुको हाट बजारमा छौ
हो कस्तो इन्साफ यो, हे भगवान तिम्रो
म अचानोमा छु तिमी चैँ तरबारमा छौ।

२)
साँच्चै नेपाल देख्नलाई त गाउँ गाउँ डुल्नु पर्छ
राजधानी मात्रै देश हो भन्ने कुरा भुल्नु पर्छ
निदाउँछ राजधानी कर्णालीमा मान्छे मर्दा
अर्को एउटा बिर अस्पताल जाजरकोटमा खुल्नु पर्छ।

-क्षेत्री अजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *