Skip to content

अजित क्षेत्री

पटाक्षेप

उमेरले बैंशको फूल फुलाउन नपाउँदै उसको बिहे भयो ।

भर्खरै कोपीला लागेको आरुको फूल जस्तै थिई, सलक्कको जीऊ । उमेर पुग्नु अगाबै अंगहरू भरिएर आए । जता जान्थी उतै भमरा पछि लाग्थे । तर ऊ बेखबर थिई, फक्रिन लागेको आफ्नो जवानीको बास्ना डाँडा पारिसम्म पुगेछ । एकदिन भारतीय सेनामा कार्यरत युवक माग्न आए । कुराकानी मिल्यो र अन्ततः सामान्य रीतले बिहे पनि भयो । पुतली झैं बाबुआमाको काखमा हुर्किँदै गरेकी मैना अब दुई डाँडा पारीको बिल्कुलै नौलो परिवेशमा नयाँ घरमा बुहारी बनी ।

मुर्खहरू जुटेका छन्

मुर्खहरू जुटेका छन् बुद्धिमानको के अर्थ भो
निर्धाहरू निर्धा नै छन् बलबानको के अर्थ भो

बाठालाई त प्रजातन्त्र मागी खाने भाँडो भयो
दुखी सधैं दुखी भए बलिदानको के अर्थ भो

दुई मुक्तक (थामेर देशको माटो)

१.
थामेर देशको माटो काँधमा बसाउने वीर देऊ
म लाउँछु निसाना बैरीका आँखामा तीर देऊ
खेल्न खोजेमा सहिन्न सत्रुले हाम्रो सीमानामा
नालापानीमा हाम्रो झण्डा फर्फराउने शिर देऊ

कविताको खेती

भोक र शोकमा पनि हाँस्ने
अभाव र दुःखमा पनि बाँच्ने
रित्तो गोजी तर सधैं ब्यस्त जीवन
कवि तिमी महान छौ
भोकमै महाकविले कविता लेखे
भोकमै भुपीहरूले देश लेखे
तर लेखेनन् कहिल्यै दुःखका कविता

मास्टरको सपना

गाउँघर दशैंको आगमनले उल्लसित छ । घरहरू रंग पोतेर उज्याला र चम्किला पारिएका छन् । आँगन, गल्ली, बाटो र डहर चिरिच्याट्ट पारी दुलही झैं सिंगारिएको छ । बडादशैं मान्न घर जाने र आउनेहरूले गाडी भरिन थालेका छन् । जुवाका बादशाहहरू तासको खाल जमाइसकेका छन् । पसलेहरू आधा बाटो/सडकै कब्जा गरी दशैका सामान बिक्रीका लागि प्रदर्शन गरेका छन् । बच्चाहरू लठ्ठे पिङ मच्चाउनमा मस्त छन् । वास्तवमा सारा देश नै भाङ् खाएर लठ्ठिए झैं बडादशैंको उल्लासमा लठ्ठिएको छ ।

मलाई माफ गर है माया

अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । चिया पकाउँदै रहिछन् पसलकी साहुनी । केही दिन यता अफिस समयपछि यो पसलको एक कप चिया र एउटा समोसा खाएर मात्र घर जाने मेरो दैनिकी नै बनेको छ । हल्का चिनी, कडक पत्ती र गाढा दुधमा बनेको भरी गिलास चियाकै कारण म यसै पसलमा आउने गर्छु । मेरो अफिस नेरैका थुप्रै चिया पसलेहरू मुख बंग्याउँछन् नजिकको तिर्थ हेला गर्यो भनेर । कसैले केटीले पकाएको खान गएको भन्छन् कसैले चिया पिउने निहुले चिया पसले युवती जिस्काउन गएको भन्छन् कसैले पल्किसक्यो सल्किसक्यो पनि भन्छन् । तर म त्यो चियाको स्वादमा पल्केर त्यहाँ जाने गर्छु । मानिसहरूका यी सबै भन्यो रे र भन्छन् अरे अरेका कुरा मात्र हुन् । मलाई मुखै फोरेर झुटो ईल्जाम लगाउने कसको ताकत ? कन्ना पछाडि त मेरा लागि फूल टिपुन् कि हँसिया उध्याउन्, मलाई बाल मतलब ।

कौडीको भाउमा सुनौलो जवानी

कौडीको भाउमा सुनौलो जवानी बेच्छन् यहाँ
पोल्छन् आफ्नै घर अनि खरानी बेच्छन् यहाँ

लागेपछि लत, जुवा खेल्ने भट्टी धाउने
बिगार्छन् घरबार अनि कहानी बेच्छन् यहाँ

बेलुन

कलेजमा ग्राजुयसनको अन्तिम वर्षको अन्तिम दिनहरू चल्दै थिए । केही उत्साहित र केही बिस्मित पनि थियौं हामी । उस्साहित यस कारण कि यो हाम्रो अन्तिम वर्ष थियो र अघिल्ला वर्षहरूका कुनै पेपर ब्याक लागेको थिएन । आउँदो वर्षको यसै मौसममा हामी मध्येका कति साथी बैंकमा, कति सरकारी अड्डामा र कतिपय एनजिओ आईएनजिमा काम गरिरहेका हुनेछौं । विस्मय यसकारण कि हामीले जीवनको यो रमाइलो पाटो, केटौलेपन र जिम्मेवारी बिहीन जिन्दगीलाई कहिल्यै नपाउने गरी पछाडि छाड्दै थियौं ।

मान्छेहरू

यहाँ मान्छेहरू
जो हाँसेजस्ता देखिन्छन् ती रोएका हुन्छन्
जो रोएको अभिनय गर्छन् ती हाँसेका भेटिन्छन्
जो अंकमाल गर्छन् ती छुरा बोकेका हुन्छन्
जो टाढा हुन्छन् ती अंकमालको आतुर हुन्छन्
वास्तवमा मान्छे
जे देखिन्छ त्यो होइन

अन्तिम पत्र

प्रिय अनु,

शब्दहरू त मसँग कम्ती होलान् र थाहा छैन मेरा शब्दहरूले मेरै भावनासँग कतिको न्याय गर्न सक्लान् या हाम्रो प्रेमलाई यो पत्रमा कतिको न्यायिक बान्की मिलाउन सकुँला । लामो अन्तरालपछि आज म तिमीलाई भेट्न आउँदैछु यिनै शब्दका साँघुरा गोरेटा हुँदै । मसंगबाट तिमी भौतिक रुपमा टाढा भएपनि हाम्रो आत्मिक मिलन हरपल भैरहेको जस्तो लाग्छ ।

मैले तिमीलाई मन पराएर

मैले तिमीलाई मन पराएर प्रिया
भन्देउन के बिराएँ र प्रिया ?
रोपें र फूल मन मन्दिरमा फुलाएँ
भन न कुन दिन गिराएँ र प्रिया ?

तिम्रो चाह त्यो संसार बदल्ने
मेरो चाह थ्यो आफैलाई बदल्ने
गर्ने हो भन्थ्यौ माया खुल्लम खुल्ला
गरें र गल्ती प्रेम लुकाएर प्रिया ?

उसले भन्यो रे

उसले भन्यो रे, मैले पिउँछु र गजल लेख्छु
के थाहा उसलाई, मुटु सिउँछु र गजल लेख्छु

मार्न त मलाई यहाँ उद्यत छन् मान्छेहरू
मरेरै पनि भोगाईमा जिउँछु र गजल लेख्छु

निर्णय (लघुकथा)

कुनै समय तीर्थ यात्रामा निस्केको हाँसको जोडी हिंड्दा हिंड्दै कुनै निर्जन, सुनसान र अत्यन्तै उजाड मरुभूमिमा पुग्दा रात परेछ र एउटा सानो रुख मुन्तिर हाँसको जोडीले रात कटाउने निर्णय गरेछन् । रातमा एउटा लाटोकोसेरो (उल्लु) आएर त्यै रुखमा बसेर रातभर चिच्याएर हाँसको जोडीलाई निदाउनै दिएन ।

बिधवाको आँसु र नेपालको नियति

पतिको मृत्युले शोकाकुल भएकी बिधवालाई आँशु पुछिदिन र सान्त्वनाका शब्द व्यक्त गर्न गाउँभरिका सबै आए । गाउँले युवक जति सबैले नरोऊ भाउजू, दु:ख-सुखमा साथ दिने हामी छौं नि भन्दै आत्मीयता देखाए । जब बिधवाले पतिको शेष पछि अब घरको ऋण कसले तिरि देला भन्दै रुन थालिन्, अघि भर्खरसम्म आफ्नै हातले उनको आँशु पुछिदिएका युवकहरू आ-आफ्ना घर पुगिसकेका थिए । बिधवा खुब रोइन् तर उनको ऋण तिरिदिन्छु भन्न कोही आएनन् । आज नेपालको अवस्था तिनै बिधवाको जस्तो भएको छ ।