अजित क्षेत्री
पटाक्षेप
उमेरले बैंशको फूल फुलाउन नपाउँदै उसको बिहे भयो ।
भर्खरै कोपीला लागेको आरुको फूल जस्तै थिई, सलक्कको जीऊ । उमेर पुग्नु अगाबै अंगहरू भरिएर आए । जता जान्थी उतै भमरा पछि लाग्थे । तर ऊ बेखबर थिई, फक्रिन लागेको आफ्नो जवानीको बास्ना डाँडा पारिसम्म पुगेछ । एकदिन भारतीय सेनामा कार्यरत युवक माग्न आए । कुराकानी मिल्यो र अन्ततः सामान्य रीतले बिहे पनि भयो । पुतली झैं बाबुआमाको काखमा हुर्किँदै गरेकी मैना अब दुई डाँडा पारीको बिल्कुलै नौलो परिवेशमा नयाँ घरमा बुहारी बनी ।
मास्टरको सपना
गाउँघर दशैंको आगमनले उल्लसित छ । घरहरू रंग पोतेर उज्याला र चम्किला पारिएका छन् । आँगन, गल्ली, बाटो र डहर चिरिच्याट्ट पारी दुलही झैं सिंगारिएको छ । बडादशैं मान्न घर जाने र आउनेहरूले गाडी भरिन थालेका छन् । जुवाका बादशाहहरू तासको खाल जमाइसकेका छन् । पसलेहरू आधा बाटो/सडकै कब्जा गरी दशैका सामान बिक्रीका लागि प्रदर्शन गरेका छन् । बच्चाहरू लठ्ठे पिङ मच्चाउनमा मस्त छन् । वास्तवमा सारा देश नै भाङ् खाएर लठ्ठिए झैं बडादशैंको उल्लासमा लठ्ठिएको छ ।
मलाई माफ गर है माया
अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । चिया पकाउँदै रहिछन् पसलकी साहुनी । केही दिन यता अफिस समयपछि यो पसलको एक कप चिया र एउटा समोसा खाएर मात्र घर जाने मेरो दैनिकी नै बनेको छ । हल्का चिनी, कडक पत्ती र गाढा दुधमा बनेको भरी गिलास चियाकै कारण म यसै पसलमा आउने गर्छु । मेरो अफिस नेरैका थुप्रै चिया पसलेहरू मुख बंग्याउँछन् नजिकको तिर्थ हेला गर्यो भनेर । कसैले केटीले पकाएको खान गएको भन्छन् कसैले चिया पिउने निहुले चिया पसले युवती जिस्काउन गएको भन्छन् कसैले पल्किसक्यो सल्किसक्यो पनि भन्छन् । तर म त्यो चियाको स्वादमा पल्केर त्यहाँ जाने गर्छु । मानिसहरूका यी सबै भन्यो रे र भन्छन् अरे अरेका कुरा मात्र हुन् । मलाई मुखै फोरेर झुटो ईल्जाम लगाउने कसको ताकत ? कन्ना पछाडि त मेरा लागि फूल टिपुन् कि हँसिया उध्याउन्, मलाई बाल मतलब ।
बेलुन
कलेजमा ग्राजुयसनको अन्तिम वर्षको अन्तिम दिनहरू चल्दै थिए । केही उत्साहित र केही बिस्मित पनि थियौं हामी । उस्साहित यस कारण कि यो हाम्रो अन्तिम वर्ष थियो र अघिल्ला वर्षहरूका कुनै पेपर ब्याक लागेको थिएन । आउँदो वर्षको यसै मौसममा हामी मध्येका कति साथी बैंकमा, कति सरकारी अड्डामा र कतिपय एनजिओ आईएनजिमा काम गरिरहेका हुनेछौं । विस्मय यसकारण कि हामीले जीवनको यो रमाइलो पाटो, केटौलेपन र जिम्मेवारी बिहीन जिन्दगीलाई कहिल्यै नपाउने गरी पछाडि छाड्दै थियौं ।
अन्तिम पत्र
प्रिय अनु,
शब्दहरू त मसँग कम्ती होलान् र थाहा छैन मेरा शब्दहरूले मेरै भावनासँग कतिको न्याय गर्न सक्लान् या हाम्रो प्रेमलाई यो पत्रमा कतिको न्यायिक बान्की मिलाउन सकुँला । लामो अन्तरालपछि आज म तिमीलाई भेट्न आउँदैछु यिनै शब्दका साँघुरा गोरेटा हुँदै । मसंगबाट तिमी भौतिक रुपमा टाढा भएपनि हाम्रो आत्मिक मिलन हरपल भैरहेको जस्तो लाग्छ ।
बिधवाको आँसु र नेपालको नियति
पतिको मृत्युले शोकाकुल भएकी बिधवालाई आँशु पुछिदिन र सान्त्वनाका शब्द व्यक्त गर्न गाउँभरिका सबै आए । गाउँले युवक जति सबैले नरोऊ भाउजू, दु:ख-सुखमा साथ दिने हामी छौं नि भन्दै आत्मीयता देखाए । जब बिधवाले पतिको शेष पछि अब घरको ऋण कसले तिरि देला भन्दै रुन थालिन्, अघि भर्खरसम्म आफ्नै हातले उनको आँशु पुछिदिएका युवकहरू आ-आफ्ना घर पुगिसकेका थिए । बिधवा खुब रोइन् तर उनको ऋण तिरिदिन्छु भन्न कोही आएनन् । आज नेपालको अवस्था तिनै बिधवाको जस्तो भएको छ ।
- « Previous
- 1
- 2
- 3
- Next »
