Skip to content

युएईमा साहित्यिक श्रष्टालाई सम्मान गरिने

20191011_AjitChhetri-News


युएई/सगरमाथा साहित्य प्रतिष्ठानले एक कार्यक्रमका बीच दुई जना साहित्यकर्मीलाई सम्मान गर्ने भएको छ । कार्यक्रम युएईको आबुधाबीमा यही अक्टोबर १८ तारिखमा हुँदैछ ।

सम्मानित हुन लाग्नु भएका साहित्यकर्मी युएईमा रहनु भएका गजलकार टक गुरुङ र झापामा कार्यरत कवि एब म सञ्चारकर्मी मायामितु न्यौपाने हुनुहुन्छ । कार्यक्रममा भाग लिन न्यौपाने युएई आइसक्नुभएको छ ।

नेपाली भाषा र साहित्यमा उहाँहरुले पुराउनु भएको योगदान स्वरुप यो सम्मान गर्न लागिएको सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण विश्वकर्माले बताउनु भयो ।

युएईको आबुधाबीमा हुन लागेको यस कार्यक्रमको सह-आयोजक सृजना बाचन डबली हो । डबलीले बिगत तीन वर्षदेखि युएईमा साहित्यिक कार्यक्रम गर्दै साहित्यकर्मीलाई एकताबद्ध गर्दै आइरहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि मायामितु न्यौपानेले आफ्ना चर्चित कविता र गजल बाचन गर्नु हुनेछ भने विशेष अतिथिको रुपमा टक गुरुङ्ले गजल बाचन गर्नु हुनेछ । कार्यक्रममा युएईमा रहेका पचासभन्दा बढी श्रष्टाले आफ्ना कविता र गजल बाचन गर्नेछन् ।

कार्यक्रम आबुधाबीस्थित भावना रेस्टुरेण्टको सभाहलमा हुनेछ ।

रचना बाचन र साहित्यकर्मीलाई सम्मान गर्ने काम आगामी दिनहरुमा पनि निरन्तर रहने र यस्ता गतिबिधिले युएई र समस्त नेपाली साहित्यलाई टेवा पुग्न सक्ने आयोजक सगरमाथा साहित्य प्रतिष्ठानका महासचिव अमन एकलले बताउनु भयो ।

नेपाली साहित्यकर्मीलाई गोलबद्ध गर्दै नेपाली साहित्य र भाषालाई अँझ माथि पुराउन योगदान दिने उदेश्यका साथ २०६९ सालमा स्थापित सगरमाथा साहित्य प्रतिष्ठानले स्थापनाकालदेखि नै रचनात्मक साहित्यिक गतिबिधि गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *