सफल सुरज

कठै त्यो प्राणी

कठै त्यो प्राणी
आफ्नो ज्यानको भिख माग्दै छ
आँखाबाट अबिरल आँसु बगाई
मृत्युको भयले काप्दै छ

पात-पतिङ्गर र घासमा रमाउने ऊ
आफ्नै मृत्युको त्रासमा बाँचेको छ
उफृदै दौडिदै जीवनको मजा लुट्ने उस्को सामु
आज काल नाचेको छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रकृती र मान्छे

सुन्दर प्रकृतिको काखमा
उ रमाउदै थियो
कल कल बग्ने नदी हेर्दै
पवनले शुशेलेको आवाज सुन्दै

एउटा हातमा चिया
र अर्को हातमा कलम बोकेर
उ केवल रमाउदै थियो
प्रकृतिको काखमा

गर्दै थियो प्रशंशा
उही प्रकृतिको
भन्दै थियो उ
कती आनन्द छ
यो प्रकृतिमा रमाउन

अचानक एउटा विस्फोट भयो
उसको एकाग्रता भङ्ग भयो
यसो यता उता हेर्यो
उसको प्रकृती त सम्सान भएछ

उ रिसायो उहि प्रकृती सँग
र तथानाम गाली गर्‍यो
तर सोचेन किन उनि बिस्फोट भइन
अब सुक्क सुक्क प्रकृती रोइन

भन्न थलिन प्रकृतिले
गर गाली जती गर्नुछ
आखिर तिमी पनि मर्नुछ
एक दिन तिम्रो शरिर

आज मैले तिमीहरुलाई बोक्न सकिन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गित आफैँले गाउनुछ

गित आफैँले गाउनुछ
झण्डा आफैँले फहराउनुछ ।१

किन उसको भर पर्छौ
परिवर्तन आफैँले ल्याउनुछ ।२

किन उसलाई पर्खी बस्छौ
छानो आफैँले छाउनुछ ।३

किन उसको साथ खोज्छौ
शत्रु आफैँले छप्काउनुछ ।४

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म पानी हुँ

म पानी हुँ !!
कहिले नहरमा बग्छु
कहिले समुद्रमा जम्छु
प्रकृतिको नियम पालना गर्दै
कहिले बग्छु, जम्छु त कहिले वर्षन्छु ।

कतै वाढी बनी सखाप पार्छु
कतै मानव कार्यसँग हार्छु
प्रकृतिको साथ नछोडि
कतै मार्छु, हार्छु त कतै निखार्छु ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

केहि हाइकुहरु


सुन्दर फुल
ओइल्याइ झेरेछ
रोयो भमरा ।


आँखा उघार
तिम्रो प्रतिक्षामा छु
तिम्रो समुने ।


बेदना मेरो
बुझ्ने तिमी नै थियौ
छोडेर गयौ ।


हरायौ कतै
यता उता डुल्दैछु
तिम्रै खोजिमा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

के हो जिवन्

सोधेँ कसैलाई मैले के हो जिवन्
उस्ले भन्यो कालिगढको मुर्ति
कसैलाई सोधेँ के हो धन्
जवाफ पाएँ मानिसको फुर्ती ।१

पुन: सोधेँ किन धन् मनिसको फुर्ति
उसले भन्यो धनले मानिस साचै मानिस बन्छ
फेरी सोधेँ किन जिवन कालिगढ्को मुर्ति
उस्ले भन्यो आजकल जिवन बोल्दैन केवल हेर्छ ।२

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विरह र बेदनाले भरिएको छ कथा सुस्ताको

विरह र बेदनाले भरिएको छ कथा सुस्ताको
बुझिदिने कोही छैनन् कठै व्यथा सुस्ताको ।

सुस्ता हाम्रै देशको हो, किन टुलुटुलु हेरी बस्छौ
लौन कसैले बचाउ, लुटिदै छ जायजेथा सुस्ताको ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

के गर्छौ ?

चाहे चुट चाहे लुट
चाहे मार चाहे कुट
ल सामुने छु म तिम्रो
लौ आऊ के गर्छौ गर ॥

आग्रह मेरो एउटै छ
जे गर्छौ मलाई गर
मेरो देशलाई हैन
मेरो जनतालाई हैन ॥

आजै खोज जे खोज्नु छ
नत्र भोली नभेट्टाउला
जे जे गर्छौ आजै गर
नत्र भोली गर्न नपाउला॥

आजै लुट जती लुट्नु छ
म भोली त रित्तो हुनेछु
चुट आजै जती चुट्नु छ
भोली म कात्रो ओढ्नेछु॥

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुन्दरता के हो?

आहा उस्को मुहार
कति सुन्दर छ
ओहो उस्को अहङ्कार
कति कठोर छ ।

जब उस्को मुहार हेर्छु
सामु उसको जान खोज्छु
जब भित्री हृदय देख्छु
उनको तीरबाट यो मन फेर्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो देश

मोतीका दाना शिरमा सजाई
सुनका पाउजु पाउमा बजाई
नाचिरहेछिन् मेरी आमा
हरियो सारी शरिरमा लगाई

हिमका किरण शिरमा पर्दा
ताराले शीतका थोपा छर्दा
रोइरहेछिन् मेरी आमा
एकले अर्काको भेदभाव गर्दा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मति कहिले आउँछ ?

ठुलो सपना बोकेकी थिन् बिचरी उस्को आमाले । तर आज उनको सपना चकनाचुर भएको छ ।

आज ऊ आमाको सामु भैदिएको भए आज उस्को घरमा उमङ्ग र उत्साह हुन्थ्यो । किनभने आज ऊ ३५ वर्षको जवान ठिटो हुनेथ्यो । सायद आज उस्ले आमाको सपना पुरा गर्ने थियो । तर कठै बिचरा ऊ कसैको सिकार भयो । कसैले गैँडाको खाग तस्कारी गरे झैँ उस्को बुद्धि विवेक कसैले तस्करी गरिदियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रणाम कोटी कोटी

शरणगत छु तिम्रो, देऊ मलाई शिक्षा
ग्रहण गर्छु उपदेश, देऊ मलाई विद्या
अज्ञान हटाई सारा, देऊ मलाई ज्योति
मेरो प्रिय गुरुदेव, प्रणाम कोटी कोटी ।

देऊ उत्साह उमङ्ग, विवेक र ज्ञान
सुख प्राप्त गर्ने, सिकाइ देऊ ध्यान
तिम्रा सत्मार्गमा चली, झार्नेछु म मोती
मेरो प्रिय गुरुदेव, प्रणाम कोटी कोटी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गित आफैँले गाउनुछ

गित आफैँले गाउनुछ
झण्डा आफैँले फहराउनुछ ।१

किन उसको भर पर्छौ
परिवर्तन आफैँले ल्याउनुछ ।२

किन उसलाई पर्खी बस्छौ
छानो आफैँले छाउनुछ ।३

किन उसको साथ खोज्छौ
शत्रु आफैँले छप्काउनुछ ।४

गित आफैँले गाउनुछ
झण्डा आफैँले फहराउनुछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भानु र मोती

तनहुँ गाउँ चिनिन्छ तिम्रो नै नामले
मन बद्लियो तिम्रो घाँसीको कामले
आए तिम्रा गुरु एक घाँसीको भेषमा
लेख्न थाल्यौ कविता उनैको उपदेशमा ।।१।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सबैले खोजेको धान

एक दिन सुनेँ देशले
नयाँ प्रजातीको धान फलाउँदैछ
राम्रो मल पाएको कारण
फटाफट द्रुतगतीमा यो पलाउँदैछ ।।

आज यो सुनेको आठ वर्ष भो
धानको त व्याड पनि उखेलेको छैन रे
धान त अनौठो रहेछ फल्न समय लाग्ने
यो पाख्रेली मन्सुली बास्मती जस्तो हैन रे ।।

भन्थे यो धानले भोकमरी मेट्छ
बेरोजगारीको बोटलाई मार्छ
खुसी लागेथ्यो सुन्दा
यसले अमेरीकाको अर्थतन्त्र यो देशमा सार्छ ।।

यही डरले हाम्रा छ सय एक व्याडेले
व्याड नै उखेलेर फालीदिएछन्
त्यो व्याडको ड्याङमा त उनीहरूले
हत्या हिँसा बलात्कार र अपहरणको
बिउ पो हाली दिएछन् ।।

देशमा आज खानलाई एक ढिक्का नुन त छैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गजल

रसिला ओठ्मा चुम्न खोजेँ, झस्किन उनि
कसेर अङ्गालोमा बेर्न खोजेँ, तड्पिन उनि ।१

प्रेम प्रस्ताव राखी जवाफको प्रतिक्षा गर्दा
आँखामा आँखा जुध्यो, पल्किन उनि ।२

प्रेम नशाको मात लाग्दा विच्चलित भएर
स्याउ जस्ता गाला चुम्दा, मस्किन उनि ।३

सुम्सुम्याएर उनका सारा वदन
जीवनको मजा लिन खोजेँ, भड्किन उनि ।४

प्रणयको अन्तिम बिन्दु पुग्न खोजे
पुग्नै लाग्दा उनको नयन खुल्यो, पड्किन उनि ।५

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हे मानिस भन न

व्यस्त सडकमा मेरो रित्तो पाइला चल्यो
केही बेर नहुँदै मेरा ती दुई खुट्टा गल्यो
उठाइदिने कोही छैन सहारा कसैको छैन
हे मानिस भन न के यो संसार मेरो हैन?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •