सफल सुरज
प्रकृती र मान्छे
सुन्दर प्रकृतिको काखमा
उ रमाउदै थियो
कल कल बग्ने नदी हेर्दै
पवनले शुशेलेको आवाज सुन्दै
एउटा हातमा चिया
र अर्को हातमा कलम बोकेर
उ केवल रमाउदै थियो
प्रकृतिको काखमा
गर्दै थियो प्रशंशा
उही प्रकृतिको
भन्दै थियो उ
कती आनन्द छ
यो प्रकृतिमा रमाउन
अचानक एउटा विस्फोट भयो
उसको एकाग्रता भङ्ग भयो
यसो यता उता हेर्यो
उसको प्रकृती त सम्सान भएछ
उ रिसायो उहि प्रकृती सँग
र तथानाम गाली गर्यो
तर सोचेन किन उनि बिस्फोट भइन
अब सुक्क सुक्क प्रकृती रोइन
भन्न थलिन प्रकृतिले
गर गाली जती गर्नुछ
आखिर तिमी पनि मर्नुछ
एक दिन तिम्रो शरिर
आज मैले तिमीहरुलाई बोक्न सकिन
के गर्छौ ?
चाहे चुट चाहे लुट
चाहे मार चाहे कुट
ल सामुने छु म तिम्रो
लौ आऊ के गर्छौ गर ॥
आग्रह मेरो एउटै छ
जे गर्छौ मलाई गर
मेरो देशलाई हैन
मेरो जनतालाई हैन ॥
आजै खोज जे खोज्नु छ
नत्र भोली नभेट्टाउला
जे जे गर्छौ आजै गर
नत्र भोली गर्न नपाउला॥
आजै लुट जती लुट्नु छ
म भोली त रित्तो हुनेछु
चुट आजै जती चुट्नु छ
भोली म कात्रो ओढ्नेछु॥
मति कहिले आउँछ ?
ठुलो सपना बोकेकी थिन् बिचरी उस्को आमाले । तर आज उनको सपना चकनाचुर भएको छ ।
आज ऊ आमाको सामु भैदिएको भए आज उस्को घरमा उमङ्ग र उत्साह हुन्थ्यो । किनभने आज ऊ ३५ वर्षको जवान ठिटो हुनेथ्यो । सायद आज उस्ले आमाको सपना पुरा गर्ने थियो । तर कठै बिचरा ऊ कसैको सिकार भयो । कसैले गैँडाको खाग तस्कारी गरे झैँ उस्को बुद्धि विवेक कसैले तस्करी गरिदियो ।
सबैले खोजेको धान
एक दिन सुनेँ देशले
नयाँ प्रजातीको धान फलाउँदैछ
राम्रो मल पाएको कारण
फटाफट द्रुतगतीमा यो पलाउँदैछ ।।
आज यो सुनेको आठ वर्ष भो
धानको त व्याड पनि उखेलेको छैन रे
धान त अनौठो रहेछ फल्न समय लाग्ने
यो पाख्रेली मन्सुली बास्मती जस्तो हैन रे ।।
भन्थे यो धानले भोकमरी मेट्छ
बेरोजगारीको बोटलाई मार्छ
खुसी लागेथ्यो सुन्दा
यसले अमेरीकाको अर्थतन्त्र यो देशमा सार्छ ।।
यही डरले हाम्रा छ सय एक व्याडेले
व्याड नै उखेलेर फालीदिएछन्
त्यो व्याडको ड्याङमा त उनीहरूले
हत्या हिँसा बलात्कार र अपहरणको
बिउ पो हाली दिएछन् ।।
देशमा आज खानलाई एक ढिक्का नुन त छैन
गजल
रसिला ओठ्मा चुम्न खोजेँ, झस्किन उनि
कसेर अङ्गालोमा बेर्न खोजेँ, तड्पिन उनि ।१
प्रेम प्रस्ताव राखी जवाफको प्रतिक्षा गर्दा
आँखामा आँखा जुध्यो, पल्किन उनि ।२
प्रेम नशाको मात लाग्दा विच्चलित भएर
स्याउ जस्ता गाला चुम्दा, मस्किन उनि ।३
सुम्सुम्याएर उनका सारा वदन
जीवनको मजा लिन खोजेँ, भड्किन उनि ।४
प्रणयको अन्तिम बिन्दु पुग्न खोजे
पुग्नै लाग्दा उनको नयन खुल्यो, पड्किन उनि ।५

कठै त्यो प्राणी