म पानी हुँ !!
कहिले नहरमा बग्छु
कहिले समुद्रमा जम्छु
प्रकृतिको नियम पालना गर्दै
कहिले बग्छु, जम्छु त कहिले वर्षन्छु ।
कतै वाढी बनी सखाप पार्छु
कतै मानव कार्यसँग हार्छु
प्रकृतिको साथ नछोडि
कतै मार्छु, हार्छु त कतै निखार्छु ।
कहिले जुनको छायाँ चोर्दै
कहिले ठुला पहरा फोर्दै
नियम प्रकृतिको अङ्गाल्दै हिड्छु
कहिले चोर्दै, फोर्दै त कहिले सोहोर्दै ।
तर आज म रोइरहेछु
पिँडाको साथ बगिरहेछु
मानवको हेल्चेक्र्याइ देखि
म रोइरहेछु, बगिरहेछु र धोइरहेछु ।
म अब चोखो छैन
फोहोरको थुप्रो बोकेको छु
तर मेरै इच्छाले हैन
मानिसको दवाबले रोकिएको छु ।