तनहुँ गाउँ चिनिन्छ तिम्रो नै नामले
मन बद्लियो तिम्रो घाँसीको कामले
आए तिम्रा गुरु एक घाँसीको भेषमा
लेख्न थाल्यौ कविता उनैको उपदेशमा ।।१।।
आज कुहुकुहु कोकिल तिम्रै लेखमा रम्छन्
बालक तथा बृद्ध सबै तिम्रो कविता गम्छन्
पंखा फिजाई मयुर तिम्रै लेखमा झुम्छन्
तिम्रा सारा सुन्दर लेखले गगन चुम्छन ।।२।।
तिम्रा लेखमा रमाई यहाँ बल्दैछन ज्योति
संसारमा चिनाउन तिमीलाई दौडिए मोती
भानु चिनाउने दुत बनु धर्तीमा आयौ
धन्य छौ मोती तिमीले भानुलाई चिनायौ ।।३।।
