व्यस्त सडकमा मेरो रित्तो पाइला चल्यो
केही बेर नहुँदै मेरा ती दुई खुट्टा गल्यो
उठाइदिने कोही छैन सहारा कसैको छैन
हे मानिस भन न के यो संसार मेरो हैन?

तिमी ठूलो भए, त्यसले किन ऊ ठूलो भन्यो
म त पक्कै सानो हुँ, तर कसरी ऊ ठूलो बन्यो
संसार सानो छ किनकि सबैभन्दा ऊ ठूलो छ
हे मानिस भन न के तिमीभन्दा संसार सानो छ?

फगत मैले किन यो संसारमा जन्म लिएछु
आफूले आफैलाई ठूलो एउटा सजाय दिएछु
हसीलो मुहार भित्र मेरो धेरै आँसु लुकेको छ
हे मानिस भन न, के तिम्रो शिर उठेको छ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *