मति कहिले आउँछ ?


ठुलो सपना बोकेकी थिन् बिचरी उस्को आमाले । तर आज उनको सपना चकनाचुर भएको छ ।

आज ऊ आमाको सामु भैदिएको भए आज उस्को घरमा उमङ्ग र उत्साह हुन्थ्यो । किनभने आज ऊ ३५ वर्षको जवान ठिटो हुनेथ्यो । सायद आज उस्ले आमाको सपना पुरा गर्ने थियो । तर कठै बिचरा ऊ कसैको सिकार भयो । कसैले गैँडाको खाग तस्कारी गरे झैँ उस्को बुद्धि विवेक कसैले तस्करी गरिदियो ।

अहिले ऊ ठुलो नेता भएको छ । आमामा भने नैरास्यता छाएको छ । देशको र आमाको सपना सकार गर्नुको सट्टा ऊ आफ्नै ढुकुटी भरिरहेको छ । तर दोष जति सबै अरु कसैलाई थुपारिरहेको छ ।

कठै आमा ! कहिले होला आमाको सपना सकार ? कहिले होला कहिले सप्रेला उस्को मति ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *