प्रणाम कोटी कोटी


शरणगत छु तिम्रो, देऊ मलाई शिक्षा
ग्रहण गर्छु उपदेश, देऊ मलाई विद्या
अज्ञान हटाई सारा, देऊ मलाई ज्योति
मेरो प्रिय गुरुदेव, प्रणाम कोटी कोटी ।

देऊ उत्साह उमङ्ग, विवेक र ज्ञान
सुख प्राप्त गर्ने, सिकाइ देऊ ध्यान
तिम्रा सत्मार्गमा चली, झार्नेछु म मोती
मेरो प्रिय गुरुदेव, प्रणाम कोटी कोटी ।

प्रगतिपथको बाटो समाई हिड्न सिकाऊ
मनमस्तिष्कबाट मोरो अज्ञान झिकाऊ
गरुदेवको शरणमा परियोस्, हरेक चोटी
मेरो प्रिय गुरुदेव, प्रणाम कोटी कोटी ।

गुरुदक्षिणा तिमीलाई सरस्वतीको विणा र वेद
स्थापन गर्छु तिम्रो मूर्ति पिपल बोटको फेद
दियौ ज्ञानज्योति केवल खाई एक छाक रोटी
मेरो प्रिय गुरुदेव, प्रणाम कोटी कोटी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *