सुन्दरता के हो?


आहा उस्को मुहार
कति सुन्दर छ
ओहो उस्को अहङ्कार
कति कठोर छ ।

जब उस्को मुहार हेर्छु
सामु उसको जान खोज्छु
जब भित्री हृदय देख्छु
उनको तीरबाट यो मन फेर्छु ।

आहा उसको व्यवहार
छ कति सुन्दर र निर्मल
कठै उसको अनुहार
बनाउछ उसैलाई दुर्बल ।

मुहार हेरी उसको
छि: छि: गर्छन् जसले
सुन्दर व्यवहार उसको
देख्छ र यहा कसले ?

परिभाषा खोज्दै छु
बताइदिए हुन्थ्यो कसैले उत्तर जे हो
प्रश्न म यो सोध्दै छु
के थाहा छ कसैलाई सुन्दरता के हो?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *