कठै त्यो प्राणी


कठै त्यो प्राणी
आफ्नो ज्यानको भिख माग्दै छ
आँखाबाट अबिरल आँसु बगाई
मृत्युको भयले काप्दै छ

पात-पतिङ्गर र घासमा रमाउने ऊ
आफ्नै मृत्युको त्रासमा बाँचेको छ
उफृदै दौडिदै जीवनको मजा लुट्ने उस्को सामु
आज काल नाचेको छ

को छ र उस्को व्यथा बुझ्ने
ऊ त एउटा जनावर न हो
को छ र उस्को चित्कार सुन्ने
ऊ त मानिसको आहार न हो

आज ऊ कतै तारिँदै छ
कतै भने ऊ मारिँदै छ
कठै त्यो निर्दोश प्राणी
कसैको पेटमा जाकिँदै छ

केवल उस्ले त आफ्नो ज्यानको भिख मागेको हो
तर उस्को आवाज सुन्ने को छ र ?
ऊ त एउटा बलिको बक्रा न हो
उस्लाई बचाउने को छ र ?

हे मानिस किन रोक्दै नौ पशुबलि
के तिमीमा मानवता छैन र ?
एक पटक आफैलाई काटी हेर त
के तिमीलाई दुख्दैन र ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *