उमेर धेरै भाका छन्
भोज भतेर खाका छन्
जिन्दगीको यात्रामा
धेरैतिर धाका छन् ।
कोही कता गाका छन्
कोही कता गाका छन्
दुखेसोको बाटोमा
धेरै दुःख पाका छन् ।।
कोही हरेस खाका छन्
कोही चरेस खाका छन्
आफ्नो घर भत्काई
अर्काको घर छाका छन् ।।
जेठा माइला थोरै छन्
साइँला काइँला मोरै छन्
धेरै छोरा के पाउँथे
एउटै मात्र पाका छन् ।।
काइँला राइँला हराए
कान्छा मात्र कराए
अझै आउन चाहन्छन्
तर बन्द नाका छन् ।।
हब्बाहरु छाका छन्
कोही अन्कल भाका छन्
अङ्कल हुन बाँकी चैं
कुन्सान काका भाका छन् ।।
सुभाङबाट आका छन्
काठकाडौलाई खाका छन्
अब कता जाने हुन्
एउटै कुन्साङ काका छन् ।।
मिठो राग गाका छन्
विरोधीमा छाका छन्
काठकाडौं थर्काउने
हाम्रा कुन्साङ् काका छन् ।।
निकै नै मापाका छन्
लेखी लेखी खाका छन्
बसाइँ सर्न छाडेका
मात्रै कुनसाङ् काका छन् ।।
