Skip to content

चुनाबबारेका मेरा तीन मुक्तक



अँझै केही दिन चुनाबक्षेत्रमा घुमघाम छ
भाषणे तिर्खालुहरुको बाटोमा लामो जाम छ
केही दिनको मुतको न्यानो न हो
हामी जनताका लागि यो रमिता बडो धुमधाम छ ।


फूलका माला तयार पारिराखेका छौं
अवीर र खादा पनि अघि सारिराखेका छौं
बेउलाबेहुलीहरुको लगनको बेला बित्ला
लगन हुनुअघिसम्म यिनको जुहारी खेल हेर्न जारी राखौं ।


भोट यिनलाई दिऊँ यिनबाट माथि चढ्ने भो काठमाडौं
अरुअरुबाट सारै तल झरेर सड्ने भो काठमाडौं
पचास वर्षका भए पनि यी युवा नै हुन्
यिनैबाट दुई महिनामै पेरिसको गतिमा बढ्ने भो काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *