छोटो छ जिन्दगानी
बाटो छ यो भिरालो
चढ्नु छ माथि माथि
बाटो छ त्यो उकालो ।
आऊ न आऊ आऊ
दौडेर शीघ्र आऊ
सुख्खा भएछ मेरो
यो जिन्दगी सजाऊ ।
सजाऊ सजाऊ
यो जिन्दगी सजाऊ ।।१।।
वर्षा बनेर आऊ
बादल बनेर आऊ
सुख्खा छ छाती मेरो
मधुधार त्यो पिलाऊ
अमृत पुग्यो नल्याऊ
त्यसमा छ भित्री घाउ
के हुन्छ त्यो पिएर
माया बरु पिलाऊ
माया बरु पिलाउ
माया बरु पिलाऊ ।।२।।
लामो पर्यो खडेरी
घाँटी सुकिरहन्छ
माया नपाई छाती
सारै दुखिरहन्छ
गारो भयो यसैले
लौ दौडिएर आऊ
आत्तिन्छ होम धेरै
बलियो गरी समाऊ
समाऊ……
बलियो गरी समाऊ
बलियो गरी समाऊ
बलियो गरी समाऊ ।।३।।
२०३८ वसन्त पञ्चमी, झापाा
(डायरीको पुरानो पानाबाट)
