छोरो छैन तथापि नाति छ यतै भन्ने थियो बाबुमा
त्यो ता झन् अज जन्ड पो हुन गयो आआेस् कता काबुमा
तेलै बल्दछ पानी हाली कहिल्यै दियो कता बल्दछ
सल्लाका रुखमा नसोच्नु कहिल्यै स्याउ कहाँ फल्दछ ।।५।।
धेरैले भई बाध्य यो मुलुक नै छाडेर भाग्नै पर्यो
बाँच्ने आश जसै रहन्छ मनमा भागेर बाँच्नै पर्यो
रित्तै देश भयो निशाचर यहाँ आएर भेदेपछि
चण्डेका हनुमानले मुलुकका सन्तान खेदेपछि ।।६।।
केही काम हुँदैन गर्नु पहिल्यै झ्याम्लेहरू आउँछन्
मागेको जति पुग्नु पर्छ नदिए आतङ्क मच्चाउँछन्
आफ्नै देश भनेर हामीहरूले के घाँटी घोक्र्याउनु
पुर्खाको गुणगान गर्नु छ त्यहाँ भुत्रो छ के पाउनु ।।७।।
अर्काको धनमा र चेलीहरूमा आँखा सधैं लाउनु
अर्काकै गुन गाउँदै दिनदिनै आराम फर्माउनु
झुप्रो आफ्नो चुहेर यो ढलिरहोस् व्यर्थे कता छाउनु
यस्ताले घर सम्झिएर अहिले फर्केर के आउनु ?।।१३।।
ताक्छन् बाबु मुढो कुपुत्र किन हो घुँडो सधैं ताक्तछ
आमाको पसिना चुहेर घरमा थोरै ढिँडो पाक्तछ
धेरै काम गरी उतातिर भने जूठो पुरो चाख्तछ
केही काम बिनै यतातिर भने आलश्यले थाक्तछ ।।१४।।
छोरो छैन तथापि नाति छ यतै भन्ने थियो बाबुमा
त्यो ता झन् अज जन्ड पो हुन गयो आओस् कता काबुमा
तेलै बल्दछ पानी हाली कहिल्यै दियो कता बल्दछ
सल्लाका रुखमा नसोच्नु कहिल्यै स्याउ कहाँ फल्दछ ।।१५।।
धेरैले भई बाध्य यो मुलुक नै छाडेर भाग्नै पर्यो
बाँच्ने आश जसै रहन्छ मनमा भागेर बाँच्नै पर्यो
रित्तै देश भयो निशाचर यहाँ आएर भेदेपछि
चण्डेका हनुमानले मुलुकका सन्तान खेदेपछि ।।१६।।
केही काम हुँदैन गर्नु पहिल्यै झ्याम्लेहरू आउँछन्
मागेको जति पुग्नु पर्छ नदिए आतङ्क मच्चाउँछन्
आफ्नै देश भनेर हामीहरूले के नाक घोक्र्याउनु
पुर्खाको गुणगान गर्नु छ त्यहाँ भुत्रो छ के पाउनु ।।१७।।
आऊ देशतिरै भनेर सबले लेखिरहन्छन् कथा
के बुझ्छन् नबुझेर साथीहरूले ३ छक्क पर्छु म ता
लौ फर्केर गएँछु रे घरतिरै फर्केर के पाउनु
आफ्नै देश अरे बिहारीहरूले खेद्छन् कता आउनु ।।१८।।
मायाले घरमा फिरे पनि अँझै हामी कुटिन्छौं अरे
अन्तर्राष्ट्रिय त्यो बिमान थलमै हामी लुटिन्छौ अरे
आफ्नै भाइ लुटेर दाजुहरूले नै भोज खान्छन् अरे
नाङ्गेझार हुँदै फिरेर घरमा के पुग्नु होला हरे ।।१९।।
खानीको नगरुँ कुरो मुलुकले बेचेर पानी पनि
बन्थ्यो देश तुरुन्त स्वर्ग सरीको फेरेर बानी पनि
हुन्थ्यौं हामी स्वदेशभित्र बलिया हामी गनिन्थ्यौ तब
यस्तो सोच्नु विडम्बना छ अहिले त्यो देशमा वास्तव ।।२०।।
दर्ता गर्न समेत खान्छ घुस जो त्यो राष्ट्रको सेवक
पोका खोल्न सिपालु चोरहरू रे निष्णात अन्वेषक
धोक्रा हुन् घुसका यी दुष्टहरूको हो काम धोक्रयाउनु
आफ्नो देश भनेर हामीहरूले के नाक घाक्र्याउनु ?? ।।२१।।
बस्नै हुन्न यहाँ कुनै युवकले हुल्छन् सधैं जङ्गल
आफ्नो पर्दछ पुत्र जो हरणमा होला कहाँ मङ्गल
आमाको सब अश्रु बग्दछ पिताले खोज्न के धाउनु
यस्तो राक्षसको छ बिग्बिगी यहाँ खै शान्ति के पाउनु ? ।।२४।।
मान्छे बन्दछ कर्मवादी अहिले तत्काल क्यै पाउन
चाँडै उन्नतिको चढेर सिंढीमा आनन्द भेट्टाउन
सोझा निस्छल देशवासीहरूको गर्ने सधैं शोषण
नेताकै पछि लागि जिन्दगी भरी को सक्छ चिच्याउन ? ।।२५।।
हाम्रै वैभव बेच्न मात्र चतुरा मन्त्रीहरू आउँछन्
साँच्चै हो कि त झैं गरेर तिनले सन्देश घन्काउँछन्
के पाउन् अब बेर्थ नागरिकले घोक्रो फुटाईकन
रित्तो पेट लिएर सक्छ कसले नारा सधैं लाउन ? ।।२६।।
आफ्नो भाग्य खुलाउने मन गरी दिन्छन् सबैले मत
कोही ता मतदान मात्र नगरी भो सर्वको सम्मत
मानौं ठान्दछ ईश्वरै हुन गयो फर्केर के आउनु
रित्तो मन्दिरबाट भक्तहरूले आशीष के पाउनु ? ।।२७।।
बाँकी बेच्नु परेन यो मुलुकले बेचेर ढुङुगाहरू
कायाकल्प गरेर छाड्छ अहिल्यै धेरै कुरा के गरुँ
हाम्रा रत्न हिमालका जडिबुटी हीरा छ यो बालुवा
आँटे जे पनि हुन्छ आँट छ कहाँ नेता परे पालुवा ।।२८।।
केही पाउनु छैन नागरिकले कल्याणको नाउमा
तिर्छन् छाक कटाई राज्य कर जो बस्छन् तिनै गाउमा
तिन्कै चाहिं बिजोग फेरि तिनकै माथि हुने शोषण
आफ्नो खल्ती भरेर बस्दछ उता त्यो दुष्ट नेतागण ।।२९।।
पानी हुन्छ अभाव खान सजिलै पाइन्छ रक्सी तर
आफ्नो देश भनी सचेत रहने नेता यहाँ को छ र
जस्को काम छ झूट बोल्नु त्यसकै विश्वासको के भर
त्यस्ताका पछि लाग्न सक्तीन म ता बस्छु यतै नोकर ।।३०।।
नेताकै भरमा परेर जनता हालीरहन्छन् मत
आफ्नो देश विकास गर्न सबले ठान्छन् ठुलो तागत
जित्नासाथ हिंड्यो कतातिर गयो देखाउँथ्यो के मुख
त्यस्ताका भरमा परेर जनताले पाउँथ्यो के सुख ।।३१।।
भाषा भित्र भयो विशाक्त हमला गर्नेहरुका सिङ
फुक्लेछन् जनता मिलेर अहिले हालीदिएछन् हिङ
साँढे डुक्रन सक्छ फेरि अहिले हारेर भागे पनि
फर्केला अझ त्यो सतर्क नरहे डाँडो कटाए पनि ।।३२।।
केही भन्नु हुँदैन वृद्ध अहिल्यै खोक्लान् कि भन्ने डर
कुण्ठा पोख्न नपाई अन्त मसँगै पोख्लान् कि भन्ने डर
भाषाका पथमा तिखालु फरुवा हान्लान् कि भन्ने डर
थाप्लैमा भिरको छ आसन कतै खस्लान् कि भन्ने डर ।।३३।।
भाषाका पथभित्र आज यिनले रोडा छरेका किन
बामे सर्नु कता कता छ तिनले घोडा चढेका किन
मान्छे भित्र कुतर्कका कुमतिका भुल्काहरू आउँछन्
थान्को गर्न ढिला भयो कि तिनले आतङ्क मच्चाउँछन् ।।३४।।
यस्तो काव्य कताकतातिर पढें के बुझ्नु मैले यहाँ
सिङ्गै देश रुँदैछ धर्धर गरी पढ्दैछु ऐले यहाँँ
बैरीका घरमा बुझाउन छिटो होड्बाजी चल्दैछ रे
खुट्टैमा निहुरेर देश अहिले ढल्दैछ ढल्दैछ रे ।।३५।।
मर्छन् भोक र रोगसोकहरुले यो देशका सन्तति
पाखण्डीहरुले निरन्तर गरे यै देशको दुर्गति
हाम्रो देश थियो श्रिखण्ड यिनले खोक्रो बनाए अब
भाग्लान् तुच्छहरु विदेशी भूमिमा धोक्रो बनाए अब ।।४०।।
देशै शान्त थियो प्रचण्ड पथको सल्क्यो डढेलो जब
पाखा काँठ र बेेंसी फाँट सबमा हैंजा पुग्यो वास्तव
हैंजामा जब राष्ट्र सल्कन पुग्यो हामी बचेका उता
अर्काको घरमा लिई शरण यो भागेर आयौं यता ।।४१।।
उन्को मेल पढेर खुल्दुली भयो फर्कूँ कि फर्कू कि म
आफ्नो देश फिरेर जान अझ झन् तर्कूँ कि तर्कूँ कि म ।
आप्mनी प्यारी उता रुवाउनु प¥यो हामी प¥यौं चेपमा
आफूलाई यता कुवाउनु प¥यो सारै प¥यौं सेपमा ।।४२।।
कस्ले बुझ्दछ चोट हामीहरुको झन् हामीमै लाञ्छना
गर्ने सोच थियो उतैतिर बसी नेपालको वन्दना
पुर्खाको सब त्यो धरोहर त्यजी ठोक्यौं यता चम्पट
हाम्रो सोच बुझेन त्यो मुलुकको सत्ता भयो लम्पट ।।४३।।
नेपाली पन त्यागिँदैन यसमा माया छ हाम्रो पनि
कोशी गण्डकीको किनारहरुमा छाया छ हाम्रो पनि
अर्काको बँधुवा हुने रहर के होला र हाम्रो पनि
माटोमा मुटुमा र मान्यहरुमा माया छ हाम्रो पनि ।।४४।।
केही दुर्मति दुष्ट दुर्जनहरु नेपाल छाए अरे
सारा अर्थ विदेशको नीति सबै पोली चपाए अरे
हाम्रो पौरखको लुटेर पसिना बेचेर खाए अरे
नेपाली हुँ भनेर खैंजडी त्यहाँ धेरै बजाए अरे ।।४५।।
अर्काको करिया भएर सबले बाँचेर के हुन्छ र
हाम्रो देश सदैव उन्नत बनोस् हामी बनौं निर्भर
भन्ने सोच हराउँदै किन गयो सोच्ने त्यहाँ को छ र ?
आफ्नैमा सुख शान्ति उन्नति भए को छाड्छ आफ्नो घर ।।४६।।
नौलो उन्नतिबाट मात्र पछि भो संसारमा सभ्य छ
हाम्रो मोलिक सभ्यता पनि अझै त्यो देशमै भव्य छ
संसारै भरबाट पर्यटकको माया छ गन्तव्य छ
बाँकी भन्न रहेन शेष अहिले यो मात्र मन्तव्य छ ।।४७।।
के बस्छौ त विदेशमा बरु यतै आउ यतै आउ न
अर्काको धुन छाड आफुहरुकै भाका मिठो गाउ न ।
यस्तो आग्रहले पिरोल्छ अहिल्यै फर्केर जाऊँ बरु
भन्ने लाग्छ यता उतारित गई सम्झन्छु खै के गरुँ ।।४८।।
सोच्ता हुन् सब इष्टमित्र यिनको संसार नै सम्म छ
खाई बस्नु त्यहाँ छ पेट त्यसको सन्तोषले डम्म छ
यस्तो व्यर्थ नसोचियोस् जनक हे छोरो उता गम्म छ
हामीमा पनि देशभक्ति गहिरो छाती भरी टम्म छ ।।४९।।
मैले उन्नतिको विसाल पहरो फोर्नै नसक्ने भएँ
मेरो भाग्य कता म कोर्न सकुँला कोर्नै नसक्ने भएँ
चाहन्थें यमराजकै घर गई आयु अझै चोर्नु छ
आफ्नै आयु कता म चोर्न सकुँला चोर्नै नसक्ने भएँ ।।५०।।
तिम्रै उन्नत सोचबाट अब ता यो देश होस् निर्भर
आऊ लौन युवा तिमीहरु यतै आएर केही गर
भन्ने आग्रह छन् अनेक थरिका के सक्नु थन्क्याउन
गुम्स्याइकन राख्न खोज्छु मनमा के सक्नु गुम्स्याउन ? ।।५१।।
तिम्रै उन्नत सोचबाट अब ता यो देश होस् निर्भर
आऊ लौन युवा तिमीहरु यतै आएर केही गर
भन्ने आग्रह छन् अनेक थरिका के सक्नु थन्क्याउन
गुम्स्याइकन राख्न खोज्छु मनमा के सक्नु गुम्स्याउन ? ।।५१।।
हामी झैं अरु इष्टमित्र सपना देखीरहेकै हुनन्
तत्कालै रुखबाट झर्छ रुपियाँ सोचीरहेकै हुनन् ।
यस्तो सोच दरिद्र हो युवकले यो सोच फालेपछि
देशै सप्रिन थाल्छ भित्रि तहमा माया पलाएपछि ।।५२।।
धेरै अन्न फलाउने जमिन नै बाँझा परेका हुनन्
आफ्नो खेत र बारी फाँटहरुमा धाँजा परेका हुनन् ।
यो बेला मरुभूमिकै कहरमा डाम्दै छु डाम्दै छु म
आफैं भित्र हुती हराउन पुग्यो काम्दैछु काम्दै छु म ।।५३।।
मानौं देश फिरेर भोलि म गएँ त्यो देश के पाउला
सारा बर्गत खर्च हुन्छ यहीं नै उत्साह के आउला
पिण्डै खान फिरेर जानु छ उता के भो र हाम्रो भर
पानीकै मरुवा भएर अहिले के जानु आफ्नौ घर ।।५४।।
गोठालाहरुले लगेर वनमा गाई चराए हुनन्
खेतालाहरुले यता लय झिकी गाईरहेका हुनन्
मायालुहरु स्वच्छ प्रेम मुटुको पाईरहेका हुनन्
बैंसालुहरु मुस्कुराई पिरती लाईरहेका हुनन् ।।५५।।
मेरो चित्र सँगै मलाई अहिले छोईरहेकी हुनन्
पोको मात्र अभावको दिनदिनै फोईरहेकी हुनन्
झारी आँसु र दुर्दशा छिनछिनै धोईरहेकी हुनन्
मेरो जीवन मार्गकी सहचरी रोइरहेकी हुनन् ।।५६।।
धेरै कारणले विदेशतिरको ध्याउन्न भो देशमा
देखिन्छन् सुकिला नयाँ चहकिला नेता सफा भेषमा ।
भाषा जाति र द्वन्द्वको बिख यता यैे देशमा सल्कियो
मेसै बस्न नपाई यो मुलुकको अस्तित्व गुम्ने भयो ।।५७।।।
उर्लन्छन् कुँडुली परेर मनमा खोल्सा र छाँगाहरु
टल्कन्छन् भुमरी परेर रुखका टुप्पा र हाँगाहरु
चम्कन्छन् मन भित्र भित्र पहरा बस्ती र पाँगाहरु
उफ्रन्छन् तर देशको जमिनमा उन्मत्त डाँडाहरु ।।५८।।
आमा बाबु खसाली आँसु अहिले झोक्राउँदा हुन् उता
खेतालाहरु झैं विदशतिरका हामी भएछौं यता
आँखा भिज्दछ सम्झियो कि मनले टप्कन्छ आँसु खसी
माया मात्र भएर हुन्न मनमा के गर्नु भोकै बसी ।।५९।।
निम्ता पाई फिरे युवा खुसी हुँदै बन्दै बडो चञ्चल
कामै गर्न नपाई फर्कन पुग्यो धेरै युवाको दल
आफ्नै बान्धव मार्न लाई तिनले गर्दा रहेछन् छल
अर्काको भरियाहरु जगतमा हुन्छन् कहाँ निर्मल ? ।।६०।।
भो भो भो अति धेर भो अति भयो काम्लो भिरायौ किन
आफ्नो देश अखण्ड राख्नु छ म ता बाँकी कुरो जान्दिन
हाम्रो देश दुहेर खान चुहुने फोहोर भाँडो भयो
लैजाऊ गणतन्त्र यो मुलुकमा चाहिन्न घाँडो भयो ।।६१।।
यौटै गीत सुनिन्न भित्र मनमा छाती छचल्काउने
नेपाली पनमा मिठास धुनको माया झझल्काउने
के भो के सब बुल्किँदै अघि सरे सङ्गीत बल्झाउने
भो भो भो अरु चाहिएन तिमी नै छौ एक अल्झाउने ।।६२।।
हुन्थ्यो सभ्य र शिष्ट गायन कला अश्लीलमा जाकियो
झ्याम्लेका बहुरङ्गी झाँकीहरुले त्यो साधना ठाकियो
केही मत्लब नै रहेनछ यहाँ अर्ती दिंदै थाकियो
बेर्थेमा अमिलो भएछ मन यो काँचो हुँदै पाकियो ।।६३।।
भोकैले बरु मर्छ बाघ दुधिलाको घाँस के खान्छ र
कालो दाग कलङ्कको हुन पुगे मेटेर के जान्छ र
पालेका घरभित्रको कुकुरले श्यालै कहाँ मार्छ र
बल्छी खेल्न सिपालु हुन्न जसले माछा कहाँ पार्छ र ।।६४।।
यस्ता धेर विचारपूर्ण रचना पढ्दै छु चारैतिर
भाषा धर्म र जातिको कलह यो झोस्छन् सबै आखिर
कोही छैन निभाउने बरु यहाँ झोस्नेहरु मात्र छन्
अर्काको मुखको बुझो पनि यहाँ खोस्नेहरु मात्र छन् ।।६५।।
हाम्रो देश लुटेर लान कति छन् धेरै सिपालुहरु
हामी चाहिंं विदेशको ढुकुटीमा भर्छौं खजानाहरु
उर्जाको सब स्रोत हामीहरुको बग्दैछ अर्कैतिर
आफैं भित्र विराज देवहरु छन् खोज्नु कता मन्दिर ।।६६।।
टल्कन्छन् घर छेउछाउतिरका खोल्सा र पाखाहरु
अल्झन्छन् मनभित्र भित्र किन हो आलोक भाकाहरु
बल्झछन् प्रतिविम्बमा रहरिला नौला तरेलीहरु
सारै आउँछ सम्झना विगतको भिज्छन् परेलीहरु ।।६७।।
गाई वस्तु चराउँदा वन गई घन्काउँथ्यौं जङ्गल
गोठालाहरु हामी हामीहरुको मायाँ थियो निर्मल
कस्ले सक्तछ भुल्न त्यो सब गयो खोजेर भेटिन्छ र
जस्ले मेट्न प्रयास गर्छ त्यसले मेटेर मेटिन्छ र ? ।।६८।।
‘ख्वाऊ पोस र पाल’ कै भुमरीमा फस्तै गयो जिन्दगी
नानाकै अनिकालको भुमरीमा पस्तै गयो जिन्दगी
आफू चाहिं निमित्त मात्र अरुको जस्तै भयो जिन्दगी
मेरो लक्ष्य थियो उँभो तर उँधो खस्तै गयो जिन्दगी ।।६९।।
हाम्रो सोच थिएन केही नगरी बस्ने सधैं राडीमा
आफ्दै देश सपार्नलाई जब कि पस्थ्यौ कतै झाडीमा
हाम्रा भाव समस्त अल्पिन पुगे हामी बग्यौं बाढीमा
लाखौं लाख लुकाउँदै पिरहरु हामी पस्यौं खाडीमा ।।७०।।
भैगो धेर गरेर गन्थन यहाँ लन्ठा नपारौं अब
हाम्रा गन्थबाट साथीहरुमा टन्टा नपारौं अब ।
भन्ने सोच रहन्छ यो मन यता वैलाउँदै गो अब
आफ्नो देश चिरा चिरा परिसक्यो हेरेर बस्छन् सब ।।७१।।
क्रमशः
मझेरीमा जथाभावीका कविताहरूलाई पद्य कविता भनेको देखेको छु कुमारजी । पद्य कविताको पहिचानविनाका यसै लहडमा पद्य भनिदिएका कविताहरूलाई पद्य कविता नभनिदिनु होला । मेरो हार्दिक आग्रह छ । उहाँहरूको मन दुखाउनु पनि हुन्न । कविता मात्र भनिदिनु पर्ला है त्यस्ता रचनहरूलाई ।
