मुक्तककाे छोटो परिचय
कविताका धेरै रुपहरुमा मुक्तक पनि एक हाे । मुक्तक शब्दको अर्थ ‘आफैमा पूर्ण‘ अर्थात् ‘अन्य कुराहरुबाट निरपेक्ष रहेकाे भन्ने अर्थ हुन सक्छ । अत: मुक्तक कविता विधाको त्यो रुप हाे जसकाे कसैसँग पूर्वापर सम्बन्ध हुँदैन । प्रत्येक मुक्तकले आफैमा स्वतन्त्र र पूर्ण अर्थ दिन्छ ।संस्कृत काव्यका परम्परामा मुक्तक शब्द सर्वप्रथम नवौ शताब्दीका आनंदवर्धनले उपयाेग गरेकाे पाइन्छ । यस अघि यसबारे कसैले थाहा पाएका थिएनन् भन्ने अाशय याे नभए पनि उनी भन्दा अघिका अरु अाचार्यहरले यसकाे प्रयाेग गरेकाे भेटिदैन । तर ‘अग्निपुराण‘मा भने यसकाे प्रयाेग भएकाे छ ।
