Skip to content

होम सुवेदी

मुक्तककाे छोटो परिचय

कविताका धेरै रुपहरुमा मुक्तक पनि एक हाे । मुक्तक शब्दको अर्थ ‘आफै‌मा पूर्ण‘ अर्थात् ‘अन्य कुराहरुबाट निरपेक्ष रहेकाे भन्ने अर्थ हुन सक्छ । अत: मुक्तक कविता विधाको त्यो रुप हाे जसकाे कसैसँग पूर्वापर सम्बन्ध हुँदैन । प्रत्येक मुक्तकले आफै‌मा स्वतन्त्र र पूर्ण अर्थ दिन्छ ।संस्कृत काव्यका परम्परामा मुक्तक शब्द सर्वप्रथम नवौ‌ शताब्दीका आनंदवर्धनले उपयाेग गरेकाे पाइन्छ । यस अघि यसबारे कसैले थाहा पाएका थिएनन् भन्ने अाशय याे नभए पनि उनी भन्दा अघिका अरु अाचार्यहरले यसकाे प्रयाेग गरेकाे भेटिदैन । तर ‘अग्निपुराण‘मा भने यसकाे प्रयाेग भएकाे छ ।

कविताः सृजन र स्वरूप

साहित्यको सम्पूर्णता र त्यसको स्वरूप मान्छेको भावनात्मकता वा रागात्मकताका साथ गाँसिने विषय हो । भावनासँग लयात्मकता र सांगीतिकताको पनि साइनो छ । यसैले मान्छेमा हुने रागात्मकता नै साहित्यको आधारभूमि हो । अरु कलाझै साहित्य पनि मान्छेको भाषिक सिपको एक कला नै हो । कला शब्दले यही रागात्मक अनुभूतिहरूको समग्रतालाई जनाउने गर्दछ । कलाको बोधका दृष्टिले यसलाई परम्पारगत रूपमा वृक्षारेख तयार गर्ने गरेको पाइन्छ । तर यहाँ कविताकै सन्दर्भमा मात्र विशेष चर्चा गरिने हुँदा कलाको फाँटतिर लाग्नु आवश्यक छैन ।

पाहुनामहात्म्य

पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’

हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको थियो । मलाई पनि पाहुनाको समस्याले उभिन्ड्याइसकेको थियो । तर म भने कसै गरी थामिरहेको थिएँ । कुनै दिन पनि पाहुनाले एक्लै रहनै दिएका थिएनन् । कोही म्यानपावरका लागि अन्तर्वार्तामा आएका, कोही छोराछोरीको बिहेका सामान किन्न आएका, कोही औषधी उपचार गर्न आएका, कोही भिसा र पासपोर्ट बनाउन आएको त कोही केटी हेर्न आएका कोही प्रेमको फर्माइसका लागि । साँझ पर्नै पाउँदैन एक न एक जनाको आगमन भइहाल्छ ।

कवितारामका दुई कथासंग्रह एक पर्यावलोकन

समीक्षणकर्मका लागि मेराअघि २०३६ र २०३८ सालमा प्रकाशनमा आएका दुई वटा कथाका पुस्तक रहेका छन् । पहिलो संग्रह चाहिं सारसंग्रह प्रकाशन काठमाडौंबाट छापिएको हो । अर्को कथासंग्रहको प्रकाशन भने साझा प्रकाशनबाट भएको छ । पहिलो कथाको पुस्तकको नाम ‘कालो कथा’ हो र दोस्रोको नाम चाहिं ‘प्रलाप’ हो ।

दुवै कृतिहरू कथाका संग्रह नै हुन् र दुवै संग्रहका कथाकार पनि एक हुन् अर्थात् कविताराम श्रेष्ठ हुन् । दुवै पुस्तक क्राउन साइजमा छापिएका छन् । दुवैका बाहिरी कभर पृष्ठ आकर्षक, अर्थपूर्ण र कलात्मक रहेका छन् ।

बेला बितिसकेछ

आफ्नो घरमा बडाे मजाले बसेका पालिएका एक जाेडी कुकुर बेलाबेला भुक्थे र घरकाे सुरक्षा गर्थे । आफ्ना घरकाे राम्रो सुरक्षा गरिरहेकाेमा तिनकाे मालिक पनि खुसी थियाे । बेला बेला खान मिल्थ्याे । घर मालिकबाट उनीहरुले राम्रो माया पाएका थिए।
समयक्रममा तिनीहरुकाे एक छाउराे जन्म्याे । छाउरो पनि राम्रो गरी हुर्कन थाल्यो । एक दिन उसले बाहिर सडकमा हल्लीखल्ली गर्ने भु्सियाहरु देखेर अामालाइ अाफु पनि बाहिर जान पाए हुने कुरा गर्याे ।

पचासौं वर्ष पूरा भो

उहिल्यैदेखि मेचीले अज्ञानको अँध्यारो फाल्दैछ
मेचीका छाल छालमा सिर्जना नौलो ल्याएर
यहाँका मुटुमुटूमा शिक्षाको ज्योति बाल्दै छ,
ज्ञानको ज्योति बाल्दैछ
आहा यही हो मेची क्याम्पस, लालाला यो हाम्रो मेची क्याम्पस ।

कन्चटमा पेस्तोल तेर्छिएकाे त्याे दिन

घटना घटेको अवधिपछिका निकै वर्ख बिते । उहाँकरुको भाटे कारबाहीबाट कारबाहीको प्रक्रिया अलिक बेग्लै हुन थालेको थियो । देशै भरिका गाविसका कार्यालय भवनहरु ता धेरै नै ध्वस्त गरिसक्नु भएको थियो । सेना र पुलिस चौकीहरुमा पनि उहाँहरुले हमला गर्न थालिसक्नु भएको थियो । त्यसबाट देशमा जनताहरुका छोराछोरीहरु पनि निकै नै सोतर पारिसक्नु भएको थियो । मेरो माओली दाजुकी छोरी आठ कक्षामा पढ्दा पढ्दै सामन्तवादी दलाल पुँजीपति र साम्राज्यवादी नोकरसाहीहरुको विरुद्धमा उहाँहरुको डफ्फामा लागेर देशलाई जनगणतन्त्र बनाउन लागिसकेकी र सेनाको हातबाट मारिइ पनि सकेकी थिई । यो ता एक उदाहरण मात्र थिई । यस्तै धेरै बालबालिकाहरु शोषक, साम

कि कसो ए माइला बाउ

उ बेलाको कुरा बेग्लै हो
उ बेला अर्कै थियाे भाउ
उ बेला के के मात्र गरिएन हाउ माइला बाउ ?
जाने बुजेको सबै थोक गरियो
कहिले धरापमा परियो
कहिले बारुदमा परियो

घोगेकाे सपना

पुलिसले डन्ठा लगाउँदै घोगेलाई सोध्यो – “ए साले, किन चोरिस् ?”

घोगे निरुत्तर रह्यो । रोयो मात्र । उत्तर के देओस् !

घोगे थियो त्यसको नाम । जस्तो भाते खाते वा अरु यस्तै यस्तै नामहरु त्यहाँ काम गर्ने अरुअरु केटाहरूले होटलबाट नाम पाउँछन् । यसले पनि त्यो घोगे नाम उसले होटलबाटै पाएको थियो । बाबु–आमा हुनेहरूले पो न्वारान गरिदिन्छन् र नाम राख्छन् । त्यो फुटपाथमा उम्रिएको तितेपातीको कहाँ बाबु र कहाँ आमा ! कसरी हुक्र्यो, कसको के पथ्र्यो, कहिले जन्म्यो ? त्यो उसैका लागि शून्य छ ।

चामे बुढाकाे दिनचर्या

पचासी वर्षबाट उकालो लागे पनि सुख छैन चामे बूढालाई । न गौंथलीलाई नै सुख छ । बूढा भएर पनि चामे आफ्नै घरबारीको काममा लाग्छन् । गौंथली उही चुलो धन्दा, उही भाँडाबर्तन, उही पँधेरोपानी र उही गाईवस्तुको कुँडोपानी आदिमा सकिनसकी लागिरहेकी नै छिन् । धेरै गाईवस्तु हेर्न नसकिने भएर यिनीहरुले चलाए । भैंसी ता उहिलेदेखि नै पाल्न छाडेका हुन् । एक माउ गाई र एक हल गोरु पाल्नै पर्छ गाउँमा घरगृहस्थी गरेपछि । ट्वाकलमा परेवा छन् ।

यिनको माया तराजुमा

यिनको माया तराजुमा जोखौं जोखौं जस्तो
यिनैमाथि मनको माया पोखूँ पोखूँ जस्तो
मानौ हुने तिनै भित्र हराएको जस्तो ।।
माया गर्न थाले पछि हुन्छ कस्तो कस्तो

चाेर राघी गाई

यस अघि पनि मैले कतै राघी गाईको कथा भनेको छु ।

फेरि आज पनि । २०, २२ सालतिरको कुरा हो । हाम्रो राघी गाई चोर्नमा रिपु थियो । गोठालाले ऐचन नसक्ने खालको थियो । दाम्लो पनि कसरी हो खुस्काउँथ्यो । गाईलाई फाले लाउनु हुन्न भनेकोले फाले लगाइन्नथ्यो । भोकाएपछि थलैबाट अघि बारीमा पसेर डम्म पेट पारेर फेरि थलैमा गएर मचमच गरेर गाज काढ्दै उघ्राइरहेको हुन्थ्यो अाँखा छलेर। हामी तिनछक्क पथ्र्याैं । जंगलमा चराउन लगे पनि घर फर्कने बेलामा त्यसले बाटामा पर्ने छरछिमेकीहरुको बालीनालीमा पसेर नलुँड्याएको दिनै हुन्नथ्यो । आँखा छलेर अघि कताकताबाट त्यसले गोठालाको दोहोलो काढ्थ्यो ।

पुरान

पुरान नलगाई दिई नहुने अठोटमा पुगे भण्डारीजी ।

सँगैको छिमेकीले पुरान लगाएपछि कहलिएका पण्डित र उनका मण्डलीहरुले सजधज पारिएको पुरान लगाएर टोलै हल्लाएपछि भण्डारीको घरमा पनि उनकी बाहुनीले कचकच गर्न थालेकी थिइन् । कचकच बढेर गएको थियो ।

लेखमा माथि लालिगुराँस

लेखमा माथि लालिगुराँस फुल्छ मानौं यस्तो
मेरै शिरमा ढाका टोपी लगाएको जस्तो
देशको माया मुटुभित्र उर्लिएको कस्तो
ढुक्कुरका जोडी मानौं कुर्लिएको जस्तो…. राजै कुर्लिएको जस्तो

भुइँ चालो

अामा बाबा कस्तो हाेला अायाे भुइँ चालाे
पुगेन कि अझै पनि अाउने उसकाे पालाे ।
डर लाग्दाे यसै पनि कस्तो भुइँ चालाे
चुक भन्दा अझै हाेला भुइँचालाे कालाे ।।

हामीलाई यसले किन रुवाएकाे हाेला
अामा बाबाहरुलाई कता लग्याे हाेला
पिर्थिवी नै हाल्लाउँछ हानी हानी साेला
भुइँ भात्रै डराएन डराएछ खेाला ।।

धरराकाे ज्यानै लियाे चर्काएछ बाटाे
उम्लिएकाे पानी जस्तै पारो यस्ले माटाे
हजाराै‌काे ज्यान लियाे कैले बस्ला खाटाे
नेपाललाइ उँधाे लायाे उँभाे लाउनु साटाे ।।

साथीहरु हामीलाइ यस्ले एक्लाे पाराे
जमीनलाइ मानाै यस्लै चारैतिर दाराे
डर लाग्छ अझै पनि सम्झदैमा यसलाइ

काउली

यो टोलका घरमा डेरा सरेपछि उमेशका लागि दुईवटा कुराले उत्सुकता पैदा गरेका छन्— एउटा उत्सुकता पैदा गराउने विषय हो— टोलमा साँझ पर्नासाथ चल्ने बाफिलो धुवाँ र अर्काे हो घरपतिकी नोकर्नी । दिउसो भरि मान्छेहरुको उपस्थिति कम देखिने यस टोलमा साँझ पर्नपर्न लागेपछि निकै बाक्लो उपस्थिति हुन थाल्छ । उसलाई यो पनि उत्सुकताको विषय हो । सम्झन्छ—अघिसम्म यी मान्छेहरु कहाँ थिए र के गर्थे ? यी को होलान् र यहाँ किन जल्याङमल्याङ गर्छन् बेलुकापख ? उसमा उठेको यो उत्सुकता उसले सकैसँग प्रश्न नगरी समन भयो । अर्थात् उसको यो उत्सुकतालाई उमेशले आफ्नै अध्ययन र अनुसन्धानबाट शान्त गर्यो ।

भाग्यमानीको भूतै कमारो

आउन पनि ओइरै आयो
सरसामानको ता कुरै छाडौं
डलरको पनि पो पैरै आयो
त्यसका लागि
नेपाल बन्द गर्नै परेन
पालित मुन्द्रेलाई चारो छर्नै परेन ।

फायर थेरापी

कुनै बेलाको कुरा हो । यो बेला र त्यो बेला भनेर कुरा नकोट्याऊँ । त त्यो कुनै बेलाको कुरा हो । त्यस कुनै बेलासँग सम्बन्धित यस कथाको तारतम्यभित्रको देश भनेपछि नेपालकै नाम लिए पनि भइहाल्छ । अँ त्यस समयदेखि अघिदेखि नै देशै हल्लाएको र देशकै व्यवस्था उल्टाउने पल्टाउने, तोड्ने मोड्ने, देशका मूर्धन्यहरुलाई नै बस् भने बस र उठ् भने उठ् गर्न सक्ने, अनि सारा समाजै हल्लाउने उचाल्ने अथवा पछार्ने ता नभनौ क्यारे तै जे भनौ त्यही गर्न सक्ने अपार क्षमता भएको नेताको लामो र निकै लामो समयदेखि अस्पतालमा बास हुन सक्छ । अस्पताल पनि के भन्ने र पाँच तारेको बास हुन सक्छ भने पनि भो । आफूले लगाएका जुवानहरुले सोहोरेको वा आर्जन गरेको श्रीसम्पत्तिबाट लगानी गरी खोलिएको जनसेवाअस्पताल । जनतको नेता भएकोले जनसेवा नाम राखिएको हुनुपर्छ । तर त्यसभित्र भोगविलासका सामग्रीहरुको पौल भएकोले पाँचतारे (ताराहरुको संख्या थप गर्न त्यहाँ दिइने सुविधा र ऐश आरामको स्थितिलाई हेरेर ग्रेडिग गर्ने हो भने यसलाई सात आठ तारे भने पनि हुने हो, तर अहिले पाँचतारे भनिराखौ हैं) अस्पतालमा उहाँको बास हुन सक्छ ।

कोड नम्बर ०१७ को उत्तरः प्रभु मोबाइल हुन पाऊँ

सानो उमेरको भएर पनि आकाशको सोचाइ बडो उच्च थियो । उसलाई उनका आमाबुबाले बोर्डस गरेर राखिदिएका थिए सहर भन्दा अलिक एकान्तको बोर्डिंगमा । अहिले ऊ कक्षा ८ मा पुगेको थियो । कक्षामा ऊ कहिल्यै पनि कोही भन्दा पनि पछि पर्दैनथ्यो । उसका विद्यालयको वार्षिक कार्यक्रम मनाइँदै थियो । यस सन्दर्भमा कक्षाशिक्षकले आफ्ना आफ्ना कक्षाका विद्यार्थीहरुलाई सहभागिताका लागि जोड दिइरहेका थिए । आकाशका कक्षाशिक्षक पनि आफ्ना कक्षाका विद्यार्थीहरुलाई यस कार्यमा सरिक गराइरहेका थिए ।