Skip to content

यिनको माया तराजुमा


यिनको माया तराजुमा जोखौं जोखौं जस्तो
यिनैमाथि मनको माया पोखूँ पोखूँ जस्तो
मानौ हुने तिनै भित्र हराएको जस्तो ।।
माया गर्न थाले पछि हुन्छ कस्तो कस्तो

किन होला यिनीहरु मायाँ लुकाएर
आँसु झार्छन् आफैंलाई कतै हराएर
थाहै छैन मेरै पनि मन लोलाउँदैछ ।
मायालुलाई किन किन फेरि बोलाउँदैछ ।।

लुकी लुकी आँखाबाट आँसु झारेका छन्
देखे पनि नदेखेझैं भन्ने पारेका छन्
एकान्तमा पिरतीका भाका हाली हाली
मायालुका साथ आफ्नै किन हारेका छन् ?

किन होला एकै शब्द बोल्न लजाएका ?
किन होला माया जति भित्रै पचाएका ?
चाबी भए खोल्नु हुन्थ्यो यिनको माया हेर्न
ताल्चा मारि राख्या होला यिनले माया केर्न ?

अाफ्ना दराजका पुराना डायरीहरु हेर्न मन लागेर अायाे मलाइ अाज । मेरा मुक्तकै मुक्तक भएकाे एक कालाे डायरी छ पुरानाे । यसाे त्यस कालाे डायरीमा अाँखा परे । त्यसमा २०३४ साल असार २४ गतेका मितिमा लेखिएको याे गीत रहेछ । गतिलाे नभए पनि मलाइ लाेभ लाग्याे त्यसकाे अन्तिम हरफकाे अन्तकाे पदलाइ लिएर । याे कालाे डायरी मलाइ जगदम्बा प्रेसका पाले प्रेमबहादुर तामाङ्ले दिएकाे थियाे जाे मरिकन प्रेम भनेर लेख्न सम्म जान्दथे निरक्षर थिए। मझेरीका माध्यमबाट उनैलाइ समर्पित भयाे याे गीत सायद उनी यस दुनियाँमा छैनन् । भए क्षमा चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *