फेसबुक च्याटिङमा श्रृङ्रगारकाण्ड – भाग २
उमेशले लामो सास फेर्यो अनि कथावाचनको क्रमलाई केही बेर बिसायो । मैले उसको यस काममा कुनै अवरोध गरिनँ । किनभने मेरो आज दुइटा कक्षा अफ थिए । मेरो अङ्ग्रेजी विषय पढाउने सरको घरमा कुनै काम परेको हुनाले बिदामा हुनुहुन्थ्यो । उहाँभन्दा पछिल्लो कक्षा ता त्यसै पनि लिजर नै थियो । उमेशका कुरा सुनेर सहयोग नै हुन सक्ने रहेछ भने किन सहयोग नगरुँ, मैले सोचेर उसलाई यसरी आज कलेजको गार्डेनमा लिएर आएको थिएँ । ऊ मेरो हितैषी मित्र थियो, यसैले उसको सुखदुःखमा मेरो पनि केही मात्र सुखदुःख जोडिएको थियो । वास्तवमा ऊ पनि मेरो सुखदुःखको साथी नै थियो ।
