Skip to content

भित्रै भित्रै कुहिएर अत्तर लगाउनु


भित्रै भित्रै कुहिएर अत्तर लगाउनुको के अर्थ
सपनाहरू चुहिएर जिन्दगी पाउनुको के अर्थ

भन्छन् नि जीवनछाया अनमोल छ सब्ले
पाषणझैँ भएर आँखामा छाउनुको के अर्थ

धमिलिएको मन सङ्ग्लिएला अब कहिले ?
यादहरूमा छरिएर निदमा आउनुको के अर्थ

नदीको किनारा झैँ भेट कहिले होला हाम्रो ?
खोला सरी तर्किएर दिलमा धाउनुको के अर्थ

प्रणय याममा शिशिरसरी अनायसै नांगिएँ म
मौसमझैँ बदलिएर क्षितिजमा हराउनुको के अर्थ

©रामनाथ खनाल

ramnathkhanal.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *