Skip to content



प्रिय मित्र,
आजभोलि म लेख्दिन कविताका हरफहरू
सजाँउदीन कुनै सिर्जनाका शव्दहरू
कोर्दिन म कुनै कल्पनाहरू
किनकि यो भीड
मृत मगजहरूको हो
वेचेतन बुख्याँचाहरूको हो

वर्षौदेखि मेरो कलमहरू
जोडिरहेछन् शव्दहरू
तिखार्दै वर्णाकृतिहरू
तर यो मानवसुन्य वस्ती हो
कानधारी वहिराहरूको
लिङ्गधारी नपुङ्सकहरूको

जो देख्छ, हेर्दैन
सुन्छ, सोच्दैन
बोल्छ, महसुस गर्दैन
यस्ता विचार विहीनहरूको
उजाड, उराठलाग्दो र पट्यारलाग्दो
मानवहीन वस्तीहरूमा
किञ्चित पनि शव्दको मर्म हुने छैन

रहनेछैन महत्व
कुनै शव्द अलंकारको
निस्तेज वन्छ अस्त्र,
शव्द प्रहारको
शून्य समवेदना भित्र
रहँदैन धर्म सुआचारको ।

2 thoughts on “प्रण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *