Skip to content


आफ्नो भोक मासेर उनीहरूको भकारी भरिदियौँ
आफ्नो इज्जत नासेर उनीहरूलाई सम्मान गरिदियौँ

गल्ती भएछ कि के हो पटक–पटक सत्ता चढाइएछ
हाम्रो मत त देश विगार्ने ईजाजत पो बनाइएछ

आफ्नै आङ् नढाकेर उनीहरूलाई बस्त्र फेरिदियौँ
आफ्नो आशुँ नपुछेर उनीहरूको खुसी हेरिदियौँ

गल्ती गरियो कि के हो धेरैसँग धेरै पटक आश गर्यौँ
खालि विश्वासघात झेलेर पनि उनीहरूकै भरमा पर्यौँ ।

प्रथम पटक प्रकाशित मिति – 2013-12-20 12:38:08 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *