Skip to content

रंगहरु खोज्दै हिंड्दा, सादा जिन्दगीको


रंगहरू खोज्दै हिंड्दा, सादा जिन्दगीको
बाटो काटें अनिंदो नै, आधा जिन्दगीको

यात्राभरी नमिलेको किनारहरू भेटें
छाँया उस्तै नदेखिने इनारहरू भेटें
सबै उस्तै हुन्न रैछ पाना जिन्दगीको
रंगहरू खोज्दै हिंड्दा, सादा जिन्दगीको

धेरै हिंडेबाटै बिना भीर पहरामा
पाउसँगै हात पनि राख्दै लहरामा
जसरी नि पार गर्नु छ, बाधा जिन्दगीको
रंगहरू खोज्दै हिंड्दा, सादा जिन्दगीको

चाँगे – ५, नेसुम
ताप्लेजुङ
हाल: सिङ्गापुर

गायक: कुशल थलङ
संगीत: अनुज कुलुङ
एरेन्ज: नोर्वु शेर्पा

https://youtu.be/vjY9_P3iixk

Leave a Reply

Your email address will not be published. Required fields are marked *