Skip to content

केहि हाइकुहरु

-१-

हरियो मुना
पहेंलिदै बढ्दैछ
छप्पड मुनि

-२-

सङ्लो पोखरी
सङ्लै जूनको छाँया
संसारै राम्रो

-३-

माटोमा फेरी
मान्छेको रगतले
पप्पी नफुलोस्

-४-

शीतको थोपा
ढुक्कै लज्जावतीमा
जमेर हाँस्छ

-५-

हाम्रो नेपाल
फूलैफूलको देश
मिलेर फुलौं

-६-

पुर्नु हुँदैन
हाइकुको निहुँमा
तिलिचो ताल

चाँगे:५ नेसुम ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *