Skip to content

हाङपाल आङबुहाङ

मरुभूमी तराई हुन्छ विदेशिएपछी

मरुभूमि तराई हुन्छ विदेशिएपछि
आफन्त नि पराई हुन्छ विदेशिएपछि
छातीभित्र स्वदेश बोकी पैसा खोजी हिंड्दा
पल-पल मराई हुन्छ विदेशिएपछि

विवशताले बालुवामा अन्न देख्नेहरु

विवशताले बालुवामा अन्न देख्नेहरू
बालुवामा अन्न खोज्दा जीवन भेट्नेहरू
संसारकै सफल अनि महान लाग्छ मलाई
अभावलाई छिचोलेर शिखर टेक्नेहरू

खाल्डो भर्दै गर्नेलाई रोकिएछ नभन्नु

खाल्डो भर्दै गर्नेलाई रोकिएछ नभन्नु
भरिएर झर्नेलाई पोखिएछ नभन्नु
यात्राभरी बाटो अनि माटो कतै मिल्दैन
रसाउँदै बग्नेलाई सोसिएछ नभन्नु

मान्छे

मान्छेले मान्छेलाई मान्छे नभन्दा
मान्छेमा मान्छेलाई मान्छे नगन्दा
विद्रोही ज्वाला झनै दन्किंदै जान्छ
मान्छे नै मान्छेलाई मान्छे नबन्दा

चाँगे- ५, ताप्लेजुङ
हाल: धरान – १०, सुनसरी

प्रेम दिवस

प्रेम गर्ने धेरै मान्छेहरू प्रेम दिवस चिन्दैनन्
मायाको प्रदर्शन गर्न रातो गुलाफ किन्दैनन्
बरु निस्वार्थ पल-पल उत्सव मनाइरहन्छन्
प्रेमिल भाव मकाएर व्यवहारमा छिन्दैनन्

साँगुरी भञ्ज्याङ!

ढाकरभरी
सपनाहरूको भारी बोकेर
विकासको लहरहरुसंगै
चेतनाको सिंढीहरु
उक्लिनु भन्दा पहिले
मेरै छाती माथी
कञ्चन रोडाहरुमा
सरप-सरप
यरप-यरप
मलाई टेक्दै हिड्नेहरु
खै कहाँ – कहाँ पुगे कुन्नी ?

आज म एक्लो भएको छु
साह्रै नै सुनसान भएको छु
मेरो सेरोफेरोमा
“हुई पकन्दी” भन्नेहरु छैनन्
पालामख्यालीहरु सुनुँ -सुँनु लाग्छ
हाक्पारेसाम्लोहरु गाउँ-गाउँ लाग्छ
र त संझनाहरु पनि चर्को न चर्को भइदिन्छन्।

नयाँहरुको त कुरै नगरौं
पुरानै आँखाहरुले पनि
घुमाउरो पक्की बाटोको घुम्तीहरुदेखी मात्र
मलाई चिहाउने गर्छन्
म भन्दा अग्लो – अग्लो पहाडको टुप्पोमा उभिएर

अप्रकाशित मेरो किताब

मैले धेरै देखेर
थोरै लेख्दा पनि
तीन दशक बित्न लागेछ!

तर,
अँझै पनि मलाई
किताब छपाउन ढिलो भएको छैन ।
ढिलो भएर मलाई चिन्ता लागेको छैन।

हाइकुमा अर्को पाइला

मूलत: हाइकु जापानी परम्परागत काव्यसाहित्यबाट भित्रिएको विधा हो । नेपालीको सन्दर्भमा हाइकु २०१९ सालमा लेख्न थालिएको मानिन्छ । यो तीन हरफको संरचनामा हुन्छ । सटिक, सघन र रसिलोपन हाइकुका भावगत विशेषता हो । संरचनाका हिसाबले हाइकु १७ अक्षरमा पूरा गरिनु पर्ने हुन्छ । पाँच, सात, पाँच वर्णका शब्दहरूको मात्रामा तालमेल मिलाएर तीन हरफमा यसलाई पूरा गरिन्छ । यो पूर्ण अभिव्यक्ति दिने एक छुट्टै र स्वतन्त्र विधाका रुपमा स्थापित छ । दृश्य, विम्ब र चित्रात्मक संकेत नै हाइकु हो । आधा शताब्दी पार गर्दैगर्दा नेपाली साहित्यमा हाइकुको विशिष्ट महत्व छ । आजसम्म हाइकुसम्बन्धी थुप्रै सोधपत्रहरू तयार भएका छन् । कृतिहरू प्रकाशित भएका छन् । हाइकु लेख्नेहरूको दर्बिलो उपस्थिति छ ।

नाङ्गिएको मात्र देख्यौ छोप्ने कुरा लेख्यौ खै त ?

नाङ्गिएको मात्र देख्यौ छोप्ने कुरा लेख्यौ खै त ?
उजाडेको मात्र देख्यौ रोप्ने कुरा लेख्यौ खै त ?

ध्वंस पछि निर्माणहरु अधुरो हुँदा खेरी
बिग्रिएको मात्र देख्यौ कोप्ने कुरा लेख्यौ खै त ?

समयको बहाव सँगै आकृति मिल्दै जाँदा
मेटिएको मात्र देख्यौ खोप्ने कुरा लेख्यौ खै त ?

चाहनाले पोतिएको जिन्दगीको रङ्गहरु
नमिलेको मात्र देख्यौ चोप्ने कुरा लेख्यौ खै त ?

चाँगे-५, नेसुम, ताप्लेजुङ
हाल: धरान

लिम्बू समुदायले सिङ्गापुरमा पनि चासोक तङनाम मनाए

प्रकृति पुजक लिम्बूहरूको महान चाड २०७१ सालको चासोक तङनाम ( उधौली पर्व ) सिंगापुरमा पनि भव्यताको साथ सम्पन्न भयो ।

सिङ्गापुरमा रहेका प्रवासी लिम्बू समुदायले पनि चासोक तङनामको साँस्कृतिक उत्सवलाई पहिलो चोटि नै भव्यता र सफलताको साथ मनाएर एउटा ऐतिहासिक यात्रा तय गरेको छ । उनीहरूको यो यात्रा त्यसै सुरु भएको छैन। आफ्नो मौलिक पहिचान र अस्तित्वलाई जीवन्तता दिने चेतनाको विकासले सुरु भएको एकदमै सार्थक यात्रा हो यो।

बाटोको गुनासो

ए यात्रीहरु हो! सुन…
म बाटो बिना
तिमीहरुको यात्रा अधुरो हुन्छ
अपुरो हुन्छ ।
खै तिमीहरुले कुरा बुझेका?

तिमीहरूको साइज साइजको पाइतालाहरुले
म टेकिएर उक्किन वाद्य हुन्छु
म भत्किन वाद्य हुन्छु
अनि म भत्किएपछि
तिमीहरु दायाँ बायाँ
तर्किएर हिंड्छौ
त्यतिखेर
मलाई तिमीहरूको साह्रै माया लाग्छ।

म अलिली उक्किदा
म अलिली भत्किदा
तर्किदै मायालाग्दो गरि
मलाई कुल्चिरहन्छौ
यात्रा गरिरहन्छौ ।

अनि म पुरै उक्किएर
सबै भत्किएर
तिमीहरूले पाइतालाहरु तर्काउने
ठाँउ नपाएपछि मात्र
मलाई जेनतेन उपचार गर्छौ
त्यतिखेर झन तिमीहरूको साह्रै धेरै माया लाग्छ
किनभने

साहित्यकार हाङपाल आङबुहाङ लिम्बू र “च्याब्रुङको आवाज”

क. साहित्यकार हाङपाल आङबुहाङ लिम्बूसँगको साईबरीय भेट:

सन् २०१२ को अन्ततिर साहित्यकार हाङपाल आङबुहाङ लिम्बूसँग फेसबुक सामाजिक संजालमा भेट भएको हो । त्यसपछि बिस्तारै फेसबुक मार्फत हाम्रो साईबरीय सम्बन्ध प्रगाढ वा बिस्तार हुँदै गएको हो । यस्तो सम्बन्ध बिस्तार हुनुको कारण नै साहित्य थियो । साहित्यले मानिसलाई आत्मीय मात्र होइन सामजिक बनाउँछ । साहित्य एउटा माध्यम मात्र हो तर आत्मीयता भन्ने कुरा मानिसको संवेदनामा निर्भर हुन्छ । साहित्यलाई लेखन गर्दै आत्मसाथ गर्दै जाँदा साहित्यकार हाङपाल आङबुहाङ लिम्बूलाई मात्र होइन अरु धेरैलाई भेटेको छु ।

सिङ्गापुरभन्दा राम्रो काठमाण्डौ

आहा! कति राम्रो काठमाण्डौ!
काठमाण्डौ त सिङ्गापुरभन्दा पनि कति राम्रो!

सफा – धुलोमैलो र फोहोर नै देखिंदैन
सुन्दर – बेहुलीलाईभन्दा धेरै सिंगारिएको
शान्त – कोलाहल नै छैन
ब्यवस्थित – सहज, सबै कुरा मिलेको
सुरक्षित – सर्वसाधारणभन्दा सुरक्षाकर्मी धेरै

मैले फेर्ने सास बरु तिमीले नै धेरै फेर

मैले फेर्ने सास बरु तिमीले नै धेरै फेर
मैले हेर्ने दृश्य पनि तिमीले नै धेरै हेर

जुनी जुनी तिमीसँगै ज्युँने रहर् हुँदा हुँदै 
 थाहै छैन जिन्दगानी ढलिजान्छ कति खेर               

धर्ती आकाश रहेसम्म माया नै माया दिन्छु 
धेरै माया पोखिंदैन मन्मुटुमा नआटेर 

तिम्रो साथ नपाए त उजाड हुन्थ्यो जीवन
प्यासी किनार तिर्खै रहन्थ्यो छाल नउठेर

तिमी विना अधुरो छ जिन्दगीको यात्राहरु 
स्वर्गै जानु परे पनि सँगै लान्छु पर्खिएर

चाँगे-५, नेसुम, ताप्लेजुङ
हाल: धरान-१०, सुनसरी नेपाल

नबजाउनु ईर्ष्यालु प्रशंसाको तालीहरु

नबजाउनु ईर्ष्यालु प्रशंसाको तालीहरू
आदर्शको कुरा गर्दै नथाप्दिनु जालीहरू

निर्दयी हातहरू कोपिला र फूल चुडाई
पूजा गर्न पापी मनले नबोक्नु थालीहरू