Skip to content

तीन मुक्तक ( मान्छे पिच्छे मृत्‍यु)


मान्छे पिच्छे मृत्‍यु पनि फरक हुँदो रैछ
जस्तै फरक भए पनि मनै छुँदो रैछ
सम्हालिंदै रुनेहरूको आँसु पुछ्दाखेरि
थाहै नपाई आफ्नो पनि आँखा रुँदो रैछ

भूकम्पले नेपाली मन बाङ्गिएको छैन
भूकम्पले नेपाली तन नाङ्गिएको छैन
राहतको निम्ति मात्रै ब्यानर बनाएर
भूकम्पले नेपाली पन टाङ्गिएको छैन

गोहीको जस्तो आँसु झार्नेहरू होसियार
यथार्थ ओझेलमा पार्नेहरू होसियार
पीडाको भेलबाढी अब छल्न सक्दैनौ
धमिलो पानीमा माछा मार्नेहरू होसियार

चाँगे: ५, ताप्लेजुङ
हाल: सिङ्गापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *