Skip to content

चैन किन भा’को छैन


पलङ सुनको पाए पनि चैन किन भा’को छैन
लाग्यो भोक मिल्यो खाना तर, फेरि किन खा’को छैन

बाँच्छौ तिमी कति वर्ष अँझै इच्छा कति पूरा भए
दुनियाँले खोज्या सुख शान्ति अँझै किन पा’को छैन

देख्छु, कर्म छोड्ने साधु ती करोडपति अशान्त झन्
जप्छन् कति शान्ति नाम तर किन शान्ति आ’को छैन

रातोदिन अशान्त मन खोजिरन्छ सुख एउटा
बाल, युवा अर्पियो जीवन खुसी किन छा’को छैन

के चाहिँ भयो उपलब्धी अमूल्य यो जीवन पाई
आनन्दित छ शान्ति पाउने तर गेरु ला’को छैन

रमेश भट्टराई ‘सहृदयी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *