गन्तव्यमा पुग्नै गाह्रो पाइला अघि बढे पनि
मान्छे बनी हिँड्न साह्रो एक दुई सिँढी चढे पनि
देख्छ कस्ले वह मनको रमाउने वहानामा
नथामिने विचार कस्तो पाइलै पिच्छे लडे पनि
चल्छ हुरी जिन्दगीको बाँच्न खोज्दा झुपडीमा
पाल्न पेट बाध्य भई खान्छन् बासी सडे पनि
रुन्छन् स्वप्ना जिन्दगीमा अभावको डेराभित्र
रात्रि प्रहर अलिअलि सोम नसा गढे पनि
दन्के ज्वाला अशान्तिको बेसहारे बन्छ जीवन
हुन्छ विद्वान मूर्ख समान शास्त्र ज्ञान पढे पनि
रमेश भट्टराई ‘सहृदयी’