Skip to content

लोकतन्त्र उस्तै तर


अहो ! भन्छन् नयाँ नेपाल हो रे– लोकतन्त्र उस्तै तर
पीडा, जलन, कुकर्म भ्रष्टता शोकतन्त्र उस्तै तर

हिजो मोडिन्थे गोडा राजाज्यूका आज सयौँ नेताका
नयाँ रे नि खै के हो मखुण्डोको ढोगतन्त्र उस्तै तर

कर्मशील कर्मीका श्रम शोषण खुलेआम छैनन् र
बेरोजगार, झनै खेमाबद्ध भोकतन्त्र उस्तै तर

आलोचना–असन्तुष्टि–अशान्त नारा उस्तै पारा उस्तै
पहिला लोकल अहिले ह्विस्की… धोकतन्त्र उस्तै तर

पावर, पैसा, पार्टीको पूजामा बलि चढ्ने मानवता
चाकडी, चाप्लुसी विधि फरक जोकतन्त्र उस्तै तर

जनसम्बोधनको भ्रम जालो स्वार्थ, षड्यन्त्र, लालची
नेता सवारी सुरक्षा तयारी खोकतन्त्र उस्तै तर

रमेश भट्टराई सहृदयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *