हात मुख जोर्नु छ हाय ! ढल सोहोर्न खाली छैन ?
कर्म चाहने यो आशेलाई आधारको पाली छैन
गर्छु कर्म प्रभु मोल्छु गोडैभन्दा पनि तड्पिएर
भयो यो जीवन बेवारिसे दैव मेरो माली छैन
छट्पटिई भीडभरि हात जोड्दै छु ढोका ढोकामा
मेडिकल फेल स्वदेशमा ढल सोर्छु नाली छैन
निराशी म न छ भोक, निद्रा न कर्म छ पेट भर्न
ढाँट्न छल्न त छैन जान्या बाचा कसम जाली छैन
मान सम्मान चाहन्न महङ्गो महल सान दैव
अभावे रोदन सुरमा आखिर लय ताली छैन
रमेश भट्टराई ‘सहृदयी’
