Skip to content

नारीलाई सम्मान अनि सलाम


ढाक्छ्यौ आधा आकाश नारीलाई सम्मान अनि सलाम
आमा, दिदी, बहिनी नारी नै हुन्– कति गर्छौ अपमान ?

युग चल्ने आधार, सृष्टि सार सर्वश्व सशक्तिकृत
घर, सदन, सहर त्यो सरकारमा खै कति सान ?

बलात्कार, अपहेलना अति भो यो हिंसाको वेदना
अब हेपिन्न, चुलो चौकोमा थलिनु हुन्न नारी ध्यान

तिमी जाग तिमी सोच तिम्रो निम्ति दबिन्न त्यो कानून
संसार तिम्रो सेवामा प्रदीप्त होओस्, गाओस् गुणगान

नबन लाञ्छित विन्ती– वेश्या, कामुक, वदन व्यापारी
नारी पहिचान बढोस् स्वाभिमान, संस्कृति परिधान

रोज आफ्नै पहिरन, भो अर्धनङ्गा –हुन्न व्यवधान
बाल चित्कार अति भो प्रभु– के जीवन ? खै पहिचान ?

रमेश भट्टराई ‘सहृदयी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *