Skip to content

पिउन सकिन आँसु


पिउन सकिन आँसु मैले बगेरै समुद्र भयो
जिउन सकिन म घायल खुट्टा यसै भाँच्चिरह्यो

म मान्छे र कुमान्छेमा मान्छेकै रूप खोज्थेँ, पाइन
न मान्छे न सुमान्छे आखिर आशा यसै टुट्दै गयो

दिनपछि रात भो उही आशाकै त्यान्त्रा अघिपछि
न जीवन, जीवन भयो न आशा कतै सग्लो छ यो

गन्तव्य कति हो कहाँसम्म पुग्छ मान्छे बुझ्दैन खै
के दर्शन के चिन्तन खाली यहाँ उल्टै गङ्गा बह्यो

जीवन व्यस्त, व्यस्त जीवन समयको रेखाभरि
वर्तमान मर्दै गयो, केवल अब विगत रह्यो

रमेश भट्टराई ‘सहृदयी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *