रामविक्रम थापा
शीतयुद्ध (लघुकथा)
जे नहुनु पर्थ्यो आखिर त्यही भयो । आखिर पनि के भन्ने अन्त्यमा हुनु पर्ने कुरा प्रारम्भमै भई दियो । जसरी हुनु पर्थ्यो त्यसरी भएन । जसरी नहुनु पर्थ्यो त्यसरी नै हुन गयो । स्वाभाविक भएन अस्वाभाविक भयो । अर्थात् प्राकृतिक प्रकृयाबाट गएन, अप्राकृतिक प्रकृयाको अवलम्बन गरियो । कखरामा सीमित हुने पढाइ ज्ञबाट सुरुआत भएपछि अब बाँकी के रह्यो ? आधारशिविरबाट सुरु हुने हिमालारोहण शिखरबाट थालिएपछि यात्राको अब के औचित्य ?
खै त जीवनोपयोगी र व्यवहारिक शिक्षा ?
शिक्षार्जन भनेको सिकाइ हो र सिकाइ भनेको व्यवहारिक परिवर्तन हो । तर व्यवहारिक परिवर्तनको मापदण्ड र सीमा के अनि कति ? यही अनुत्तरित प्रश्नले म रन्थनिएको धेरै भयो । शिक्षार्जन गर्नु भनेको १००मा ३२, ३५ अथवा ४० अंक (त्यो भन्दामाथि पनि) ल्याएर उत्तीर्ण भै प्रमाणपत्र लिनु मात्र हो ? कि रुपैयाँमा रुपान्तरण गर्नु हो ? भौतिक शास्त्रमा स्नातकपछि शैक्षिक योजना तथा व्यवस्थापन विषयमा स्नातकोत्तर गरेर माध्यमिक शिक्षक (द्धितीय श्रेणी) को जागिर खाँदाको यो साँढे चारदशके उमेरमा पनि बुझ्न सकिन मैले – शिक्षाको परिभाषा र उपयोगिता ।
शिक्षापदकः पुरस्कार कि विकृति ?
कुनै पनि क्षेत्रमा राम्रो काम गरेर उल्लेख्य योगदान दिने व्यक्तित्वलाई कदरस्वरूप पुरस्कार दिइन्छ । पुरस्कार, पदक अथवा सम्मानले कर्मयोगीलाई थप ऊर्जा प्रदान गरेर कर्मक्षेत्रमा प्रोत्साहित तुल्याउँछ । पुरस्कारले पुरस्कृत व्यक्तिलाई मात्र जागृत, उत्तरदायी र सशक्त बनाउदैन । त्यो क्षेत्रका अन्य अभियन्ताहरूलाई पनि कर्मक्षेत्रमा उत्प्रेरणा जगाउँछ । पुरस्कार एकप्रकारको ‘रिचार्ज’ र ‘क्याटालिष्ट’ पनि हो । मान्छे जगाउने र ब्यूँझाउने एउटा सञ्जीवनी बुटी र रामवाण औषधी पनि हो पुरस्कार । पुरस्कार एउटा न्यायिक मूल्याङ्कन र प्रमाणिकरणका अतिरिक्त सामाजिक मान्यता प्रदान पनि हो । यस्तो अमूल्य र अपार महिमाको पुरस्कारको इज्जत जोगाउनु दातृ संस्थाको कर्म र धर्म पनि हो ।
नाटकमा गणतान्त्रिक नेपालका समय स्वरहरू
२०६३–२०६६ मा सिर्जित र २०६४–२०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक/एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन । पहिलो ‘वादविवाद’ एकाङ्कीमा भौतिकवादी पति र अध्यात्मवादी पत्नीबीचको तर्क–वितर्क, दोस्रो ‘करार–विवाह’ मा पाँचवर्षे म्यादको अस्थायी विवाह, तेस्रो ‘दर्द’ मा उपेक्षित र परित्यागित महिलाको मार्मिक पीडा, चौथो ‘आधा मेरो आधा तिम्रो’ मा सन्तानले आमा र बाबु दुवैबाट संयुक्त थर लिने समानताको वकालत छ भने पाँचौँ ‘जस्तो मति उस्तै गति’ मा पति र पत्नीबीचको धन र आर्जनको अहम् छ । पुस्तककै नाम बोकेको उल्लेख्य र प्रतिनिधि छैटौँ नाटक हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ ।
चार आश्चर्यको रहस्योद्घाटन
‘उनको कविता कसरी त्यत्रो पत्रिकामा एकाएक छापियो? त्यो पत्रिकाको स्तर धान्ने त होइन त्यो कविता !’ महिला भएर होला – कसैले तर्क तेर्स्यायो । महिला त अरु पनि छन् नि– अर्कोले मुख फोर्यो । स्थानीय साहित्यकर्मीहरू आश्चर्यचकित हुँदै रहस्यको गर्तभित्र हराए । वर्षभरि प्रकाशित पत्रिकाका कविताहरूमध्ये उनको कविता सर्वोत्कृष्ट भएर पुरस्कार पाइन् । स्थानीय साहित्यकर्मीहरू दोस्रोपटक अझ ठूलो आश्चर्यमा परे । त्यो पुरस्कार र सम्मानप्रति नै अमिलो वितृष्णा जागेर आयो । एक वर्षपछि त्यही पत्रिका निकाल्ने प्रकाशन संस्थाले उनको कवितासङ्ग्रह छापेर बजारमा ल्यायो ।
अस्वीकृत पुरस्कार
‘बधाई छ – यो सालको … पुरस्कार तपाईको नाममा घोषणा गर्न पाउँदा हामीलाई सीमाहीन खुशी लागेको छ !’
‘‘आभारपूर्वक धन्यवाद” – आश्चर्यचकित मनस्थितिमा उसले दूरभाषयन्त्रबाटै प्रत्युत्तर दियो ।
‘‘यो छयासीवर्षे उमेरमा … फेरि यस्तो विकट पहाडी गाउँमा बस्दो सम्पर्कहीन म जस्तो बबुरोलाई ! कसले, कसरी सम्झिएर राजधानीको यस्तो पुरस्कार मेरो भागमा पर्यो ?”
नगेन्द्रराज रेग्मीको स्रष्टा सम्वाद
दुई वा बढी व्यक्तिहरूबीचको वार्ता, संवाद, संवार्ता, कुराकानी, वातचित, सवाल–जवाफ प्रश्नोत्तर, छलफल, अन्तरक्रिया आदिलाई अन्तर्वार्ता भनिन्छ । कुनै पनि क्षेत्र वा विषयमा केन्द्रित रहेर कसैको अभिमत, दृष्टिकोण, मनोभावना र विचार (मनका कुरा) बुझ्नु नै अन्तर्वार्ताको अभीष्ट हुन्छ । प्रायोजित वा आकस्मिक अन्तर्वार्ता लिखित अथवा मौखिक दुई किसिमका हुन्छन् । कुनै उमेद्धारलाई जागिरको सिलसिलामा लिइने अन्तर्वार्ताका अतिरिक्त साहित्य, संगीत, कला, खेलकुद, राजनीति जस्ता विविध क्षेत्रका प्रभावशाली व्यक्तिहरूका अन्तर्वार्ता रेडियो, एफ.एम., पत्रपत्रिका जस्ता सञ्चारका माध्यमहरूले प्रशारण एवम् प्रकाशन गरिरहेको पाइन्छ ।
गुहार (लघुकथा)
प्रगतिवादी पथको यात्री ऊ अध्यात्मवादी हुदै होइन । मञ्चहरूमा भौतिकवादी दर्शनमा उभिएर भाषण गर्छ र पत्रपत्रिकाहरूमा यही दृष्टिकोणबाट लेखहरू लेख्छ । धामी, बोक्सी, देउता, परलोकादि कुनै कुरामा उसको विश्वास छैन । उसको चेतनाले अदृश्य ईश्वरलाई स्वीकार गर्दैन । अरुले देउता भनेका ढुङ्गालाई ऊ ढोग्दैन र फूलपाती चढाउँदैन । पण्डित, पुजारीबाट टीका थाप्न आफ्नो निधार अगाडि बढाउदैन ।
परारको साल उसले अधिकृत पदमा लोकसेवाको परीक्षा दिएर लिखितमा उत्तीर्ण भयो । अन्तर्वार्ताको दिन बिहानै उसले सबै देवी, देवताहरूलाई सम्झ्यो । पाठी, परेवा, बोका र भेटीपातीको भाकल गर्दै जानेका सबै देवी, देवता र तीर्थस्थललाई अनेक लोभ देखायो । आफूलार्इृ अधिकृतको अन्तर्वार्तामा पास गराइदिन आग्रह गर्दै यदि सफल भएमा ‘भाकल पूरा गर्नेछु’ भन्दै देवी, देवतालाई घूसको जाल फ्याँक्यो । अन्तर्वार्तामा पास भएर ऊ अधिकृत भयो । अब उसले आफ्नो पूर्व भाकल र बोलकबोल सबै बिस्र्यो । पूर्ववत् ऊ विशुद्ध भौतिकवादी भयो ।
रुपान्तरित चुहावट
गरिबी निवारणका लागि राज्यले गरिबहरूलाई राहत दिने निर्णय गर्यो । गाउँ, गाउँमा गरिबहरूको पहिचान गरियो ।
गरिबीको परिचय-पत्र शिक्षकहरूले पाए, पार्टीका कार्यकर्ताहरूले पाए, टाठाबाठा र बिल्डिङ घरवालाहरूले पाए । परिचय-पत्र सडक आसपासका हर्ताकर्ताहरूले पाए । पर, खोलाछेउमा बस्ने छाप्राका सुकुम्वासीहरू बेखबर भए ।
वसन्त आएन, बाटो नै पाएन (सवाल-जवाफ कविता)
सवाल कविता : वसन्त आएन
-रामविक्रम थापा
न्यानो आएन
उज्यालो आएन
नाङ्गालाई कपास आएन
भोकालाई भात आएन
रोगीलाई औषधि आएन
बैशाख एक्लै आयो
बसन्त आएन ।
जवाफ कविता : बाटो नै पाएन
-नन्दलाल आचार्य
आएन हैन आयो
न्यानो असहज भएर आयो
भविष्य धरमरिएर आयो
नाङ्गालाई झन् पीडा आयो
भोकालाई अझ हैरान आयो
रोगीलाई चाँडो मृत्यु आयो
बैशाखसँगै घनघोर चट्याङ्ग आयो
रोग, भोक र शोक अझ थप भएर आयो
त्यही बाटो हुँदै आउनुपर्ने
बसन्तले चाहिँ बाटो नै पाएन ।
संस्कार (लघुकथा)
ऊ र त्यो दुबै युग पुरुष हुन् । आ-आफ्ना क्षेत्रका यी दुबै महारथी हुन् । दुबैमा उच्च आदर्श र अक्षय महानता छ । निष्ठापूर्वकको आजीवन यात्राका दुबै अथक योद्धा हुन् । आ-आफ्ना क्षेत्रका अद्धितीय हस्ति हुन् । दुबैको आजन्म राष्ट्रिय योगदान अतुलनीय र अवर्णनीय रहेको कुरामा कसैको दुईमत छैन । यस्ता निस्वार्थी राष्ट्रसेवकलाई यो मुलुकले राष्ट्रिय विभूतिमा दर्ता गर्न सक्ने सम्भावना पनि नभएको होइन ।
मन-मस्तिष्क त सबैको केन्द्र नै हुन्छ । सोच-विचारबिना त कुनचाहिँ काम पो हुन्छ र ! उसको हतियार कलम हो भने त्यसको हतियार चाहिँ मुख । एउटा लिखित हो भने अर्को मौखिक । ठ्याक्कै भन्नुपर्दा- ऊ कलमवीर र त्यो मुखवीर अर्थात् कर्मवीर ।
- « Previous
- 1
- 2
- 3
- 4
- Next »
