Skip to content

मतदाता शिक्षा गीत


सुन्नुहोस् है ! मतदाता ताजा खबर छ यो
मङ्सिर चार गते हुने संविधान सभाको
सात बजे शुरु हुन्छ भोट दिने बेला
परिचय– पत्र बोकी सबै हुनु भेला

महिला,पुरुष छुट्टा छुट्टै लाइन बस्नु पर्छ
संविधान बनेपछि देशको सङ्कट टर्छ
हल्का नीलो मतपत्रमा पहिलो मत दिने
त्यसपछि हल्का रातो मतपत्र लिने

एउटा मात्र छाप हान्नु बदर होला फेरि
रोजी भोट दिनु पर्छ चिन्ह राम्रो हेरी
पट्याएर ओर ल्याई बाकसमा हाल्ने
गोजी भित्र राख्ने होइन, अन्यत्र नफाल्ने

पट्याउँदा दाग लाग्ला दुई छाप होला
हाम्रो भोट अमूल्य छ भन्दा सुन तोला
अधिकार भोट दिने कर्तव्य हो हाम्रो
भोट दिए संविधान भोलि बन्छ राम्रो ।

रामविक्रम थापा
फाक्टाङ–२,खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *