Skip to content

हाम्रो नेपाल र हामी नेपाली


अग्लो भन्नु सगरमाथा अझ अग्लो देश
मुटुभन्दा अझ प्यारो आफ्नो भाषा, भेष
जात हाम्रो नेपाली हो, नेपाल यो घर
स्वर्ग भन्नु नेपालै हो, अर्को कुन् पो छ र !

पसिना र औँला रोप्दै गरौँ देश सेवा
सिस्नु अनि सागै मिठो भन्दा पराई मेवा
प्रकृतिले दिएकै छ, के छैन र हाम्रो
रङ्गीचङ्गी फूलबारी देश कति राम्रो !

सहिदको रगतले हाम्रो झण्डा बन्यो
पुर्खाको त्यो वीरताले वीर गोर्खाली भन्यो
लालीगुराँस, सुनाखरी सिर्जनाको देश
नदी जस्तै यात्रा हाम्रो नलागोस् है ठेस !

बग्दै त्यसै खेर गाको पानी बाल्नु पर्छ
सद्भावका हात मिले सङ्कट आफैँ टर्छ
उद्देश्य हो चन्द्र छुने–देवकोटा बोली
आज सच्चा कर्म गरे फल मिल्छ भोलि !

रामविक्रम थापा
इन्द्रपुर–१, मोरङ
मो.नं.–९७५३००४३६०

Leave a Reply

Your email address will not be published. Required fields are marked *