Skip to content

रामविक्रम थापा

फूल झरेपछिको शोकसागर

  • by

शोकलाई सिर्जनामा रूपान्तरण गरेर राहतको अनुभूति गरेका धेरै सर्जकहरूको लहरमा उभिन आइपुगेका छन्–खोटाङे कवि नरेन्द्र निर्विकार । कोखको घाउमा मलम लगाउनकै लागि गजलप्रधान स्मारिका “फूल झरेपछि” नामक शोक सँगालो सार्वजनिक भएको छ । धर्मपत्नीको मृत्युमा माधव घिमिरेले “गौरी” शोककाव्य लेखेजस्तै २२ वर्षीय छोरा गौरबविक्रम राईको असामयिक निधन (भीरबाट लडेर) मा पिता नरेन्द्र निर्विकारको सम्पादन तथा परिकल्पनामा सिर्जित समीक्ष्य शोक सँगालो “फूल झरेपछि” भित्र गजल, गीत, कविता, डायरी, लेख र तस्विरजस्ता खोलाहरू मिलेर मानवअश्रुको एउटा शोकसागर बनेको छ ।

भ्रमखेती

  • by

राणाकालीन दन्त्यकथा होइन यो । पञ्चायतकालको उत्तरार्द्र र दमनको चरमोत्कर्ष । ‘हरियो वन–नेपालको धन’ मूल नारा बोकेर वृक्षारोपन गरियो । यति धेरै वृक्षारोपन गरियो कि – नेपालको कुल क्षेत्रफलभन्दा पनि बढी भूभागमा वृक्षारोपन गरियो । घर, सडक, खेतबारी, नदी र हिमाल पनि जङ्गलै जङ्गलले भरिए ।

अलिकपछि बहुदल आयो । एउटा पार्टी अस्तित्वमा आयो र सो पार्टीमा प्रवेश गर्नेहरूको लहर चल्यो । यति धेरै मान्छेहरू त्यो पार्टीमा प्रवेश गरे कि नेपालको कुल जनसङ्ख्याको आकारभन्दा पनि त्यो पार्टीमा प्रवेश गर्नेहरूको संख्याको आकार ठूलो भयो ।

सहमति

  • by

शीर्ष दलका शीर्ष नेताहरूको जमघट । बैठक, सहमति र निर्णयको गोलचक्कर । जति दाम्लो बाटे पनि आखिर पसेउटो एउटै ! अर्थात् सरकार गिराउने र सरकार बनाउने उही चलखेल । भागबण्डाको दन्तबझानमै समय बरबाद । बैठक,बैठक र फेरि बैठक । बैठकभित्र असहमति र अनिर्णयको बिस्कुन । यत्रा बाङ्गाटिङ्गा र घुमाउरा रेखाहरू लेख्न सक्ने यति तीखो पेन्सिल -लेख्न सक्दैन किन एउटा सहमतिको बिन्दु ?

लेख्नुको पीडा !

  • by

म उस्तो पुरातनवादी र अध्यात्मवादी मान्छे त होइन । यद्यपि मलाई आज जीवनको यो मोडमा आएर यस्तो अनुभूत भइरहेछ -कुन जन्मको कस्तो अक्षम्य अपराधको दण्ड स्वरुप मान्छे लेखक हुन्छ ? र मैनबत्तीझैं आफू पग्लिएर अविरल अश्रुधारा बगाउँदै अरुलाई उज्यालो दिन्छ ? किन लेख्ने-सबैद्धारा उपेक्षित यस्तो अनुत्पादक र अपाहिज साहित्य ? कतै अन्तरवार्तामा कवि- लेखकहरू उत्तर दिन्छन् -‘म आत्मसन्तुष्टिका लागि कलम समाउँछु ।’ हो, जीवनको एउटा पाटो त आत्मसन्तुष्टि नै हो । तर अर्को प्रमुख र सामाजिक पाटो भनेको अर्थ र दर्जा हो । के साहित्यले धन र पद दिन्छ ? अभावको पासो फुकाउछ कि फुकाउदैन साहित्यले ? समस्याको नदी सुकाउछ कि सुकाउदैन साहित्यले ?

20120107_RamBikramThapa_ChandiDnace

चण्डीनाचको प्रारम्भ

  • by

खोटाङ, भोजपुर, उदयपुर लगायतका पूर्वाञ्चलका जिल्लाहरूमा हरेक सालको नववर्षसितै बुद्धपूर्णिमाछेक ढोल-झ्याम्टा बजाएर राईहरू चण्डीनाच नाच्छन् । फागु वा चण्डी नाचेर साकेला पूजा गर्दै धुमधामले पितृपूजा गर्दै उँभौली पर्व मनाउँछन् । प्रागैतिहासिक ढुङ्गेयुग, शिकारयुग र कृषियुगका पुर्खाहरूका विविध कार्यको अभिनय गर्दै विभिन्न शीलीमा राईहरू फागुनाच गर्छन् । यस्तो साँस्कृतिक पर्व चण्डीनाचको प्रारम्भिक कथाको सोधीखोजी गर्दा खोटाङ जिल्लाको दक्षिणी छुलुवार भेग फाक्टाङका बयोबृद्ध धुर्वजित चाम्लिङ राई यस्तो किम्बन्दन्ती कथा सुनाउँछन् ः-

20111206_RamBikramThapa_JagaiChha

अक्षरहरूको शब्दास्त्र

  • by

पाथेका-२, खोटाङमा जन्मेर राजधानीलाई कर्मस्थल बनाएका युवा सर्जक हुन्-बम बानिया ‘प्रभात’ । उनन्चालीस गद्य कविता सङ्गृहीत, सद्य (२०६८) प्रकाशित बम बानियाको प्रथम पुस्तकाकार कृति ‘जागेै छन् शब्दहरू’ लाई असी पृष्ठमा रू १००।- मूल्य राखेर प्रकाशित गरेको छ- रावासावा प्राज्ञिक समाज नेपालले । समयसापेक्ष वर्तमान सन्दर्भको जीवन, जगत र राजनीतिलाई निर्भीक भएर उठान गरिएका यी कविताहरू विकृति र विसङ्गतिप्रति खवरदारी बोल्ने समयस्वरहरू हुन् । ‘घण्टाघर र प्रजातन्त्रको भित्तो’ बाट प्रारम्भ भएर ‘फेसबुक’ मा अन्त्य हुने समीक्ष्य कवितासङ्ग्रहका घण्टाघर र प्रजातन्त्रको भित्तो, सहर पस्छन् कविताहरू, ढाडी र भोकाहरू, म नयाँ घर निर्माणको अठोटमा छु, पानी खोटाङमा तिर्खा काठमाडौंमा, हतियार आफैँ असुरक्षित छ, घाम नाङ्गै छ , कोखामा दारा र मच्छडहरूको भेला शीर्षकीय कविताहरूलाई प्रत्याकर्षणका दृष्टिले राम्रा कविता मान्न सकिन्छ ।

ट्राफिक दाइलाई चिठी

अस्तिको ट्राफिक
स्टेरिङ घुमाउदै चालकासनमा
हिजो पनि तिमी रोडमा थियौ
चाकरी, चाप्लुसीका हात मोलेर
निश्चित म्यादको करारमा
ट्राफिक दाइ !
तिमी आज सिट्ठी फुकिरहेछौ

शोधमूलक खोटाङ दर्पण

  • by

२०२६ सालमा नेर्पा-९, खोटाङमा जन्मेका नेपालीका उपप्राध्यापक धनप्रसाद सुवेदी ‘श्रमिक’ हाल पीएचडी शोधकार्यमा संलग्न छन् । उनी एकजना अथक र सक्रिय शोधकर्ता एवम् साहित्यसेवी हुन् । अनुसन्धान, लेखन, प्रकाशन र संस्थागत संलग्नताले यिनको उपनाम (श्रमिक) सार्थक भएको पुष्टि हुन्छ । उपन्यास, समालोचना र कविता एवम् गजल विधाका चारओटा पुस्तक प्रकाशित गरिसकेका धप्रसु श्रमिक मूलतः समालोचना र अनुसन्धान क्षेत्रका जागरूक र उत्साही वाङ्मयसेवी हुन् । २०५६ सालमा नेपाली उपन्यासमा आञ्चलिकता नामक समालोचनासङ्ग्रह प्रकाशनको दसवर्षपछि प्रकाशित धनप्रसाद सुवेदी ‘श्रमिक’ को खोजमूलक गहन पुस्तक हो -खोटाङ जिल्ला ः विगत र वर्तमान ।

RamBikramThapa-03

मौसमी माइकालाल

उसको वास्तविक नाम त थाहा भएन । उसको काम अनुसार उसलाई माइकालाल भन्छन् मान्छेहरू । न्वारानको नाम जेसुकै होस् । विकट पहाडी गाउँको सदावहार नेता हो ऊ । मात्र एक घरको त्यो बाहुनले सारा ग्रामवासी जनजातिहरूलाई विगत चालिस वर्षदेखि शासन गरिरहेछ । ऊ कहिल्यै ओरालो झर्दैन । उकालो चढेर माथि पनि पुग्दैन । तर आफ्नो यथास्थान कहिल्यै छाड्दैन ।

पञ्चायतकालीन गाउँफर्के अभियानबाट उसको राजनीति प्रारम्भ भयो । अर्थात् गाउँफर्कले उसलाई गाउँको नेता बनायो । पञ्चायत र राजाको सच्चा पहरेदार भएर पटक-पटक प्रधानपञ्च भयो । कति विकासे चामल खायो । बहुदल र निर्दलको चुनावमा निर्दलीय व्यवस्थालाई जिताउन माथिबाट आएको रकम पनि खायो ।

कागजको भेउ

शैक्षिक प्रमाणपत्रको प्रतिलिपि तथा गाविस र विद्यालयको सिफारिश सहित छोराको नागरिकता बनाउन दुई दिनको बाटो हिँडेर ऊ सदरमुकामको कार्यालयमा पुग्यो-छोरो लिएर । आवश्यक कागजातहरू रुजु गरेर हाकिमले निवेदनमा तोक लगाए ।

त्यसै दिन काम बन्ने उज्यालो आशामा तोक-आदेशसहितको निवेदन बोकेर ऊ फाँटवालाको टेबुलमा पुग्यो । ओल्टाई-पल्टाई कागजहरू हेरेर फाँटवाला बोल्यो-‘तपाईको छोराको नागरिकता बनाउन कागज नै पुगेन, जानुस् वडासर्जमीन मुचुल्का बनाएर लिएर आउनुस् !’

कानुनको आँखा

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउँछ भन्छन् पुरुषलाई । ठ्याक्कै दुई वर्षसम्मको प्रेम–चक्करपछि उनीहरूबीच निकट भविष्यमै बिवाह हुने कुरा पक्कापक्की भयो । कर्ताद्धय पुरुष र स्त्रीबाहेक अरु साक्षी कोही थिएनन्–मात्र प्रकृति ।

पुरुष हतारियो । स्त्रीले मौन स्वीकार गरी । उनीहरूबीच गोप्य कार्य भयो–सार्वजनिक स्वीकृतिपूर्व नै र यो कार्यको पनि साक्षी–प्रमाण हुने कुरै भएन–केवल नबोल्ने टहटह जून मात्र ।

भ्रमण-मौसम

यात्राबाटै कतिकति पुगे लक्ष्यको टाकुरामा
पानी जस्तै कलकल बग्दो जिन्दगी यो धरामा

ढोका खुल्यो सयरपथको लौन गोडा उचाल
अल्छी त्याँग्दै उठ र हिँड है ! काल व्यर्थै नफाल

सानो हाम्रो मुलुक तर यो लाग्छ भूस्वर्ग जस्तै
भाषा, मान्छे विविध रुपका फूलवारी दुरुस्तै

20110729_RamBikramThapa_BookReview

पुस्तक समीक्षा : युग उचाल्ने अक्षरकर्मीको अवसान

बालकृष्ण सम, पहलमानसिंह स्वाँर, विजय मल्ल र गोपालप्रसाद रिमालहरूको जमाना अब रहेन । सरुभक्त र गोपी सापकोटाहरूले पनि नाटक लेखनबाट विश्राम लिएको वर्तमान अबस्थामा कृष्ण शाह यात्री, किशन थापा अधीर, विमल भौकाजीजस्ता सीमित सर्जकहरूले मात्र नाटक/एकाङ्की विधामा कलम चलाइरहेका छन् । नाटक मञ्चनको मौसम पनि प्रतिकुल भइरहेको यस्तो खडेरीमा एउटा नाटक/एकाङ्कीसङ्ग्रह प्रकाशित भएको छ -‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । यो नाट्यकृतिका सर्जक हुन्-नन्दलाल आचार्य ।

२०३० सालमा उदयपुरको ठोक्सिलामा जन्मेर हाल राजविराजमा शिक्षणरत नाटककार नन्दलाल आचार्यका एकाङ्की, नाटक, कविता, कथा, समीक्षादि विविध विधाका फुटकर रचनाहरू राष्ट्रियस्तरका साहित्यिक पत्रिकाहरूमा पढ्न पाइएकै हो । २०६३-२०६६ मा सिर्जित र २०६४-२०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कुल १५ ओटा नाटक/एकाङ्की सङ्गृहित सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन ।

20110612_RamBikramThapa_Census

जनगणना (गीत)

  • by

सोधेपछि गणकले, भन्नु पर्छ नाम
नलजाई बताउने हो, जे छ आफ्नो काम
जात, भाषा, उमेर नि नढाँटेर भन्ने
दश वर्षपछि आयो मौका मान्छे गन्ने

सोध्दै, टिप्दै घर-घर गणक दाइ आयो
तीनदेखि तेह्र असार जनगणना छायो
एघारौँ पटक यो शताब्दी हो वर्ष
दश वर्षे महापर्व मनाऊँ सहर्ष !

पढाइ र साथीहरू

  • by

समय नदीजस्तै बग्छ । दिनहरू माछाजस्तै चिप्लन्छन् । निरर्थक भोटाहरू फाट्छन् । मान्छेहरू उँधो बगाएर उँभो खोज्छन् । मौका खुस्केपछि पश्चताप र पीर गर्छन् । लगनपछिको पोतेको के काम ?

नवीन शैलीका समय स्वरहरू

  • by

धेरै लेखिने र थोरै पढिने विधा हो कविता । पाठकमा मात्र होइन, समालोचकमा पनि न्यून खपत हुने अपच र निरीह कविता । कवितासङ्ग्रह भनेपछि पुस्तक पसलेले उपेक्षा गर्दै लेखक, प्रकाशकबाट लिनै मान्दैनन् । कविता होइन, अन्य विधाका रचना पठाउने सम्पादकीय आदेश हुने यो साहित्यिक माहौल ।

२०११ को गन्तव्य : नेपाल

  • by

राम्रो हेर्दै पुलकित हुँदै रम्यतामा रमायो
यौटा यात्री सरलपथको भव्य यात्रा समायो
नौला-नौला अनुभव कला जिन्दगीमा लिएर
कोठाभित्रै चलमल बिना बाँच्नु घाटा खिएर

भोग्नै राम्रो प्रकृतिरसमा जिन्दगीका बहार
आँखा हाम्रा अपलक सदा देख्न राम्रो अपार
टाढा-टाढा, नव-नव कला देख्नलाई हतार
घुम्ने,हेर्ने सुअवसर यो-लाग्छ यो हो असार

RamBikramThapa

महाकविप्रति !

  • by

तिमी जमेका कविता कलामा
हामी रमेका कविकै तलामा
त्यो काव्य धारा छहरा खसायौ
दिएर माया दिलमा बसायौ

यात्रा त तिम्रो रविकै समान
ईश्वर तिम्रो मनुजै महान
निबन्ध, काव्यै मनमा सहर्ष
छ नाम तिम्रो जनमा सगर्व