दीपा धिताल

तीन मुक्तक (हिड्नु हुदैन कहिल्यै)


हिड्नु हुदैन कहिल्यै रहरमा भन्नुहुन्छ आमा
पर्नु हुदैन है कसैको भरमा भन्नुहुन्छ आमा
हात समाई बत्ती कात्न, टपरी गाँस्न सिकाउदै
सजिलो हुन्छ पराई घरमा भन्नुहुन्छ आमा ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घाम

गाउँ निदाएको छ आज फेरि तिम्रो अभावमा
आँगनी उराठ छ तिम्रो विछोडमा
माटो आश गर्छ तिम्रो सुन्दरतामा
गोरेटो एक्लो हुन्छ तिम्रो साथ विना
तिम्रो आगमनसँगै हामीलाई हेर्ने रहर छ इन्द्रेणीको रङ्ग
फुल्न फुल्न खोजिरहेका छन् हाम्रा सपनाहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कहिले अस्ताउने कहिले उदाउने

कहिले अस्ताउने कहिले उदाउने जुन तारा भएपछि
सरकार चलाउने मन्त्रीहरुको नै आफ्नै पारा भएपछि ।

खै कसरी पो देश भेटाउन सकिएला र कान्छा यसरी
कठै,यो देश नै यतिवेला मन्त्रीहरुको आहरा भएपछि ।

त्यसरी लेखेर मात्र खै के गरौला र विद्रोहका नाराहरू
हेर,गाउँका समाजसेवी नै यतिवेला ज्यानमारा भएपछि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20170820_DeepaDhital-Letter

चिहानपारिको पत्र

नौ महिनासम्म मलाई गर्भमा राखेर आफूले आधा मलाई आधा खुवाएर जन्म दिने मेरी ममताकी आमा । मेरो जीवनको डायरी कोर्दै हिडेका मेरा बाबा, म यहाँ कुशल छु कुशलताको कामना गर्दछु । आज केही समयको अन्तरालपछि समयको झोलीबाट सुटुक्क चोरेर तपाईहरुकै सम्झनाका कोशेलीहरू यो चिहानपारिको बस्तीबाट हजुरहरुलाई नै पठाउँदैछु सायद अचम्म मान्दै हुनुहुन्छ होला । यो पत्र कुनै वियोगान्तको हुने छैन, मात्र हजुरहरुको सम्झनाको ।

तस्बीरःनरेन्द्र श्रेष्ठ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नसोध मलाई

नसोध मलाई
कहाँ जान्छेस भनेर
म जादैछु हिमाल, पहाड, तराई र
मधेशका कुना कुनाहरुमा
जहाँ धेरै वर्ष अघि हराएको मेरो देश
कतै खेटिन्छ कि भनेर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आत्मसम्मान

मन तिम्रो पनि छ मेरो पनि छ । पीडा तिम्रो पनि छ मेरो पनि छ । दुःख तिम्रो पनि छ मेरो पनि छ । जीवन तिम्रो पनि छ मेरो पनि छ । हाँसो तिम्रो पनि छ मेरो पनि छ । आँशु तिम्रो पनि छ मेरो पनि छ । सबै उस्तै उस्तै भोग्नुपर्छ । भाग, गुणान, घटाउ अनि जोड्नु पनि पर्छ । तर समयको तराजुमा मन, पीडा, जीवन, हाँसो, आँशु बढी मेरै हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म जन्मिदिन मनाउँदिन

तिमी जन्मिएको दिन जस्तै
म जन्मिएको दिन आकाशमा उदाएका थिएनन् ताराहरू
उडेका थिएनन् चराहरू
लागेको थिएन घाम
मुस्कुराएको थिएन धर्ती
म त
आकाश रोएको बेला
आँधीबेहरीसँग लड्दै जन्मिएको मान्छे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बोधनविनाको पत्र

खै कुन शब्दले सम्बोधन गरूँ तिमीलाई ? सम्बोधन गर्ने शब्दहरू त मबाट गलहत्याइसकेका छौ तिमीले । तैपनि सम्बोधनबिनाका प्रेमका शब्दहरू तिमीसमक्ष पुर्याउने कोसिस गरिरहेछु ।

जिन्दगीमा यो दिन पनि आउला भनेर सोच्न त के कल्पनासम्म गरेकी थिएन । समय यसरी मेरै अगाडि कोल्टो फेरेर तेर्सिन्छ भनेर । तर तेर्सियोस्, मेरै अगाडि केही छैन । सके लडेरै भए नि हिडौंला, नसके शहीद बनौला । दुःख के हो,आँशु के हो, पीडा के हो, संघर्ष के हो सबको अनुभव छ मलाई । त्यसैले त अहिले जिउन सजिलो भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सपना

मैले लेखिन आमाको सपना
सपना त हिजै चुँडिसकेको थियो
मैले लेखिन उनको
गन्तव्य, गन्तव्य त हिजै अपुरो भइसक्यो
मैले सोधिन आमा तिम्रो जीवन कहानी
कहानी त हिजै सुनेकी थिएँ
लेखेकी थिए र देखेकी पनि थिएँ
जहाँ तिमीले पीडा र वेदनाको भारी बोकेकी थियौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खै कहाँ छ गणतन्त्र ?

जननी जन्मभूमिश्चको पीडामा
म छटपटाइरहेथे
मनमा मक्किएका मनका चिर्पटहरू
एका विहानै गर्ल्याम गुर्लुम ढलेका थिए
तगारो नाघेर
गभिर्नी देश प्रसब पीडामा रन्थनिदै थियो
कहिले खेदिएर कहिले बेपत्ता पारिएर
कहिले बन्धी भएर म जुधिरहेथे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बहिरा मान्छेहरू

पहाडहरू र सबै डाँडाहरू हो
फलफलाउने रुखहरू र सबै देवदारुहरू हो
जङ्गलीजनावर र सबै गाईबस्तुहरू हो
स सानाजन्तु र सबै उड्ने पंक्षीहरू हो
सुनेनौ तिमीले
चित्कार व्यथा र वेदना ?
स्पर्स गरेनौ उनीहरुको रोदन र क्रन्दन ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अस्तित्व

तिम्रो आँखा नखुल्दै, तिमीले दैलो नपोत्दै
बाबाले अगेनोमा आगो नसल्काउदै
म हिडिसकेको हुनेछु आमा
छोडेर
खेलेको आँगन म रमाएको काख
हरेक साँझ जुनलाई हेरेर कविता कोरेर बस्ने
त्यो बार्दली पनि
मलाई नदेख्दा तिमी दुखी हुन्छ्यौ या हुदिनौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रेम कविता

कतै मिर्मिरेलाई चिर्दै बिहानी बोकेर उषाको लाली
मुस्कुराउँछ कि भनेर
दिउसोको पारीलो घामसँग लुकामरी गर्दै
गोधूलि सांझमा सप्तरङगी इन्द्रेणीको रङग भर्दै
रातका आकाशका ताराहरुलाई हेर्दै
घरको बार्दलीमा बसेर
जुनकीरीको धिपीधिपी उज्यालोमा
आज लेखिरहेछु म तिम्रै प्रेम कविता ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कलम तिम्रो पनि छ मेरो पनि छ

बाटोमा तेर्सिएका ढिस्काहरूसँग
पैठोजोरी खेल्दै
खोचहरूमा बस्ती बसाउदै
देशप्रेमको झन्डा बोकेर
म हिमाल चढ्ने आँट गरिरहेछु यतिबेला ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिड्दा हिड्दै दोबाटोमा

हिड्दा हिड्दै दोबाटोमा छोड्यौ निष्ठुरीले
बाँचा कसम गाठो पारी तोड्यौ निष्ठुरीले

दिएकै थे राजीनामा मन र मुटु तिम्रै नाममा
फिर्ता दिई कागज पत्र छोड्यौ निष्ठुरीले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो अस्तित्व देशको मुटु

फेरेर जीवनको काँचुली
ढुङगै ढुङगा,काँडै काँडाहरूसँग लड्दै
अग्ला अग्ला पहाडहरू नाघ्दै
म पुग्नु छ त्यो ठाँऊ जसरी नि
झुन्ड्याएर आफ्नै हत्केलामा एक मुठी स्वास
फिर्ता ल्याउनुछ हराएको मेरो देशको एकथान मुटु
त्यही मुटु भित्रै जोड्नु छ मेरो आफ्नै अस्तित्व

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिम्रै मनको मझेरीमा

तिम्रै मनको मझेरीमा आऊँला पर्खिबस्नु
तिम्रै निद सपनीमा छाऊँला पर्खिबस्नु

नआत्तिनु, बादलुको भेषमा आउनेछु
पानी वर्षी आउनु माया लाऊँला पर्खिबस्नु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विफल माया

तिमीले मलाई चाह्यौ
मैले तिमीलाई चाहे
भन्न सकेनौ एक आर्कालाई
मस्तिष्कका प्रत्येक शेलशेलहरूमा
एक अर्काको माया बगिरह्यो
न त तिमीले रोक्न सक्यौ
न त मैले छेक्न सके

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाइजो

गाउँले र ठुलीका आफन्तहरूका कुरा सुन्दा दिमाग निकै तातिएर आयो यो ठुलीको बिहे हो कि व्यापार ? यो ठुलीका बाआमाको खुसी हो कि बिस्मात ? अनि यो ठुलीको बिहे हो कि गाउँले र आफन्तहरूको ? भएभरको ऋण गरेर यत्रो मान्छेहरू बोलाएर आफू कङगाल भएर किन बिहे गराइदिनु पर्यो ठुलीको ? आफूसँग जे छ त्यसैले काम चलाए हुदैन र गाउँलेहरूलाई आफन्तहरूलाई किन देखाउनु पर्यो ।?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
DeepaDhital

ऊ कहिल्यै फर्किएन

भाँचिन लागेको लौरो टेक्दै
लामो सुस्केरा हाल्दै
बाबा पिंढीमा बसिरहेमा छन्
आँखाबाट निस्केका कचेराहरू पुछ्दै
रोग र भोगले ग्रसित हुँदै
आमा अगेनोमा मुढाहरू कोचिरहेकी छन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •