Skip to content

बहिरा मान्छेहरू


पहाडहरू र सबै डाँडाहरू हो
फलफलाउने रुखहरू र सबै देवदारुहरू हो
जङ्गलीजनावर र सबै गाईबस्तुहरू हो
स सानाजन्तु र सबै उड्ने पंक्षीहरू हो
सुनेनौ तिमीले
चित्कार व्यथा र वेदना ?
स्पर्स गरेनौ उनीहरुको रोदन र क्रन्दन ?
देखेनौ उनीहरुको अस्तीत्व लिलाम हुँदै गरेको ?
भेटेनौ तिम्रै सृष्टिको केन्द्रमा विभत्स हत्या गर्ने
नरपिपासुहरुको तस्वीर ?
कति निष्ठुर भएछौ तिमीहरू पनि मानवहरू जस्तै
हे धर्तीमाता थाँहा पाइनौ तिमीले उनीहरुको रगत तिम्रै
छातीभरी लछप्पै भिजेको ?
कतै तिम्रा हत्केलाहरुमा अँझै बाँकी नै होला
रगतको उष्णता
हेर त मुटु झै प्रिय सपनाहरू पेखिएका होलान
तिम्रै अंगालोभरि
बगेका होलान आँशुहरू तिम्रै गलाभरि
देखेपनी नदेखेझै गरी चुपचाप हेरिरहृयौ हैन
तिमी त निर्जीव थियौ देखेपनी भन्न नसक्ने
बुझेपनी कहन नसक्ने
तर यहाँ मान्छेहरू सुन्न त सुन्छन् कहिल्यै बुझ्दैनन्
हेर्न त हेर्छन तर कहिल्यै देख्दैनन्
किनभने यहाँ मानीसहरुको हृदय बोध भएको छ
र तिनीहरुका कान बहिरा भएका छन्
तिनीहरुले आँखा बन्द गरेका छन्
नत्रता तिनीहरुले आँखाले देख्ने थिए कानले सुन्ने थिए
हृदयले बुझ्ने थिए त्यसैले त यहाँ रित्तिएको छ
मानवशास्त्रको गहिरो तलाउ
रित्तिरहेका छन् समाजशास्त्रका स्वाभिमानीहरू
अनि रित्याएका छन् नारी अस्मीताहरू
सडकका चोकदेखी लिएर जङगलका खोचहरुसम्म
पैसाले नै पापी, अपराधी,बलात्कारी र हत्याराहरुलाई
भगाउने र भाग्ने यो शहरमा
ए सरकार कहाँ छ तेरो न्यायको अदालत सक्छस भने गर
मृत्युदण्डको हस्ताक्षर ।।

1 thought on “बहिरा मान्छेहरू”

  1. भयंकर मिठो कविता सरकारलाई
    भयंकर मिठो कविता सरकारलाई ठाडो चेतावनी एकदम प्रसंसनिय र काबीले तारिफ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *