Skip to content

ऊ कहिल्यै फर्किएन

DeepaDhital


भाँचिन लागेको लौरो टेक्दै
लामो सुस्केरा हाल्दै
बाबा पिंढीमा बसिरहेमा छन्
आँखाबाट निस्केका कचेराहरू पुछ्दै
रोग र भोगले ग्रसित हुँदै
आमा अगेनोमा मुढाहरू कोचिरहेकी छन्
घर सुनसान छ आगनी उराठ छ
घरका गाराहरू जस्तै
आमा बाबाका मनहरू चर्किएका छन्
आज आउला भोलि आउला भन्दै
पर्खिभसेको कयौ दिन महिना र वर्ष बिते
तर पनि ऊ फर्केर आएन बिर्सियो मातृभूमिलाई
जन्म दिने बाबा आमाललाई
एक दिन एक्कासि हुरीबतास आयो
आाकाशभरि कालो बादल मडारियो
त्यी सानो झुपडी पनि
हुरीवतास आएर खोसेर लगिदियो
अन्तिमपल्ट पानी भन्दै बा-आमा भूमिमा लडे
घरवरिपरि फुलेका पयौ र आरुका फूलहरू पनि झरे
चोली र दौरा सुरुवाल फेर्ने
ओइलाए ती सपनाहरू, निरास भई तल झरे
प्राण र पखेरु उडे
तर ऊ त कहिल्यै फर्किएन
ऊ अँझै फर्केको छैन ।।

दीपा धिताल
रेडियो हाम्रो पहुँच
तुलसीपुर, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *