दीपा धिताल

दृष्टि

एकाएक विगतका जिन्दगीका चिन्हहरू सम्झदै गएँ। कुनै उपन्यासका पानाहरू झै पल्टाउदै गएँ। अहँ ! कुनै पानामै भेटाइन उत्साहको पाना न त कुनै शिर्षक नै खाली रित्तो मात्र। अन्योलै अन्योलको जिन्दगी सानोमा ‘क’ लेख्न नजानेर केरकार पारी छोडेको जस्तो। जिन्दगीमा केही गर्न सकिएन। उफ! कसैले कुनै दिन सम्झना लाएक पनि भइन् म। कसैको आँखाको नानी बन्न पनि सकिँन सधैं झार मात्र ! जिन्दगीको ठक्करले पारेका ठेलाहरू बाहेक केहीरहेनछन् र उक्त खाली हातहरू अहिले जमीनको धूलोमा आवाद बनेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुढेसकालको सहारा

“मेरो छोरा हिजो सानो थिइस् । मेरो हात समातेर पाठशालासम्म पुग्थिस् । अनि, यही हात समातेर आज ठुलो भइस् । अहिले मलाई तेरो हात समातेर हिड्ने सहारा चाहिएको छ । के तलाई मसँग बस्ने फुर्सद छैन ? बाहिर मात्र कति सुख, सम्पत्ति, इमान, स्वाभिमान र इज्जत खोज्छस् ! यी तेरा बाबा आमाका डुब्दै गरेका आँखामा हेर्, सुख, सम्पत्ति, इमान, इज्जत र स्वाभिमान । हिजो सोचेथें छोरो ठुलो होला, सुख पाउला, धेरै धन सम्पति कमाउला, हामीलाई पनि सुख देला बुढेसकालमा सहारा होला । हामीले दुख भोगे पनि तेरो सधैं सुख र सन्तोषको कामना गर्यौ । मन्दिर मन्दिर धाएर अमुर्त भगवान् को मूर्तिलाई पूजा गर्यौं । त आज हामीलाई छोडेर कसरी शहर जाने कुरा गर्दैछस् हँ ?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिमी माथि छौ धेरै माथि छौ

तिमी माथि छौ धेरै माथि छौ
धर्तीको माटो मुठ्ठीमा समाएर
हिड्नेहरूसँग हात मिलाउन
तिम्रो हैसियतले दिदैन
दिदै दिदैन
म त झन शिरमा नै माटो सजाएर हिडेको मान्छे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रेम र विश्वास

“ओहो! रक्षा कता हो? के छ खबर?” कसैले आकाशवाणी गरेर बोलाएझै लाग्यो। को रहेछ मेरै जस्तो नाम गरेको व्यक्ति, पछाडि फर्केर हेरें।

“रक्षा केहो बिर्सियौ? हामीसँगै स्कुल पढेको के त। हेर कति चाडैं बिर्सिएकी म कल्पना क्या !”

“अरे, तिमी कल्पना?”

“हो नि, तिमीले त बिर्सिछौ क्यारे !”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

छोरी तिमी जन्मनुपर्छ

बहिनी,
आँखामा कोरिएको तिम्रो आकृतिले
अचेल म हिड्ने प्रत्येक पाइला पाईलालाई
झस्काइरहन्छ र लखेटिरहन्छ तिम्रै किल्लातिर
र देख्छु चुम्दा नचुम्दै जीवनको प्रथम किरण
अर्कि बहिनीका डरले काप्दै गरेका ओठहरू
अनि निर्लज भै हेर्न विवश हुन्छु
अडिग, निडर र निरन्तर
न्यायको महासागरमा
लड्दै गरेका बा आमाका तिम्रै बिछोडका तिता र विदर्ण छातीहरू ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निर्दोषलाई हत्कडी लाउने

निर्दोषलाई हत्कडी लाउने आधार खोज्छ सरकार ।
न्याय माग्दा खेरि उल्टै कारागार खोज्छ सरकार ।

हिजो बहिनी बलात्कार भई आज भाइ मार्यो कठै,
राहतमा बन्दुक तेर्स्याई अत्याचार खोज्छ सरकार ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भाग्यले नि ठगेको मान्छे

जीवनमा कति तड्पिनु । कति रुनु । तर पनि रोए, कराए गुहार मागें, म दोषी हैन हुँदै होइन भनेर; मेरो एकोहोरो आवाज कसैले सुनेनन्, सुन्दै सुनेन् । निर्दोषलाई दोषी ठहर्याउने दोषीलाई निर्दोष ठहर्याउने यो मानवता, कानून नै नभएको शहरमा चुपचाप सहरे बस्नु बाहेक अरु कसको के नै लाग्छ र ! यहाँको कानून त पैसाले बिक्छ अरुको त झन के कुरा गरौ र झनै हामी गरिबले ? निर्दोष छु तर चुपचाप बन्द कोठाको जेल भित्र थुनिएको छु । आफन्तहरू भए पनि छैनन् नभए पनि छैनन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कहाँ खोजु तिमीलाई ?

मम्मी हाम्रो बाबा कहिले घर आउने ? आउँदा के ल्याइदिनुहुन्छ मलाई ? एकपटक फोन गर्नून बाबालाई म पनि कुरा गर्छु । हजुरले किन सधैं भोलि-भोलि मात्र कुरा गरौंला भन्नुहुन्छ । तपाईंलाई बाबाको माया लाग्दैन हो मम्मी ? मलाई त मेरो बाबाको धेरै माया लाग्छ । मेरो बाबा आउँदा मलाई भन्नू नि म त बाबालाई लिन शहर जाने हो । अनि नयाँ नाना पनि किन्ने हो ।

उफ ! छ वर्षकी मेरी छोरीका यी प्रश्नहरुको नजबाफ उत्तर म कसरी दिऊँ । सुन्दै मन निमोठिएर आउँछ । मुटुका भल्भहरू एका एक स्वुच अफ हुन थाल्छन् । हातमा समातेको पानीको अम्खोरा एक्कासि हातबाटै उछिट्टिएर पर पुग्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कथाकार हुँ कि कथाको पात्र ?

“हेलो ! कविज्यू । कथा पनि निकै राम्रो लेख्नु हुँदोरहेछ है ।”

एक्कासि एउटा अपरिचित व्यक्ति फोनम बोल्यो । फेरि कसले मेरो फोन नम्बर दिन मरेछ मनमनै गाली गर्दिए मैले र भनें,”कवि ? कथा ? कसलाई भन्नू भएको ? मैले त बुझेन नि ?”

“बुझ्नु पनि कसरी तपाईंले मलाई चिन्नु नै भएको छैन ।”

“उसो भए मलाई नचिनेको मान्छेसँग कुरा गर्न मन पर्दैन । फोन राख्नुस है ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बलात्करीलाई पत्र

ओहो! कति स्वतन्त्र छस है तँ ? धर्तीलाई बलात्कार गरेर, सिङ्गो आकाश एक्लै ओढेर निर्धक्कका साथ निदाउन सक्छन् तँ ? तर सुन, यो धर्ती तेरो पनि हो, मेरो पनि हो । यी पाइलाहरू टेक्ने अधिकार तेरो पनि छ, मेरो पनि छ । हरेक दिन हिंड्दा अँध्यारो उज्यालो पार्ने त्यो आकाश तेरो पनि हो, मेरो पनि हो । शरीर तेरो पनि छ, मेरो पनि छ । यो समाज यो देश तेरो पनि हो, मेरो पनि हो । अस्तित्व तेरो पनि छ, मेरो पनि छ ।

हेर, बलात्कारी आज तलाई किन यसो लेख्दैछु सुन्दै जा । कान भए पनि बहिरो नबनेस् । आँखा भए पनि अन्धो नबनेस् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुढो आँगन

आमाको रगत
बाबाको पसिना
गुरुको मेहनत र आशीर्वाद
अनि,
आफ्नै सघंर्ष मिसिएको
बेरोजगार शैक्षिक प्रमाणपत्र बोकेर
रोजगारीको आशामा
हरेक दिन सडकका गल्लीहरुमा भौतारिरहनु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म देश खोज्न जान्छु

पुगेर चौतारी, कहिले देउराली र
कहिले भँञ्ज्याङमा
लेख्नु प्रिय,
तिमीले प्रकृतिका कविताहरू
पुगेर बुढा आमा र बाबाको छहारीमा
लेख्नु प्रिय,
ओइलाउन लागेका जीवनका गाथाहरू
विवशतामा चाउरिएका कथाहरू
म देश खोज्न जान्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

युद्धमा हारेका बा

आज पनि स्कुल जान ढिलो भैसक्यो । गाग्री भरेर घरमा जाने पालो नै आएको छैन । दुई घन्टा कुरेपछि मात्र बल्लतल्ल पालो आयो आधा घन्टा लाग्ने बाटोमा पन्ध्र मिनेटमै घर पुगे । छिटोभन्दा छिटो खाएर झोला बोकेर स्कुल गए । यो समस्या मेरो मात्र हैन त्यस गाउँमा बस्ने हरेक स्कुल पढ्न जाने विद्यार्थीरुको छ । योभन्दा १० र १२ वर्ष अघि जस्तो थियो समस्या आज पनि उहीँ छ । समय बदलियो तर समस्या बदलिएको छैन ।

एक पिरिएड कलास सकिनै लागेछ । आज पनि ढिलो गरेको हुनाले सरले मुर्गा बनाए रै छोडनु भयो । मज्जाले बनियो किन डराउनु गल्ती त आफ्नै छ हैन । गल्ती गरेपछि झूक्न डराउनु हुन्न भन्ने मेरो मान्यता ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समय

प्रिय साथी समय पनि कति बलवान् रहेछ । स्कुलमा पढ्ने बेला सर्वप्रथम गुरुले समयलाई नै चिनाउनु भएको थियो । यो सं, सारमा सबैभन्दा ठुलो समय हो भनेर । त्यो बाल्यकालमा गुरुले समय सबैभन्दा ठुलो, बलवान् हो भनेपछि हामी केही साथीहरू कलासबाट बाहिर निस्केर कति ठुलो रैछ त भनी हेर्न र खोज्न गएका थियौ त्यतिकैमा गुरुले हामीलाई देख्नुभयो र भन्नू भयो मुर्ख केटाकेटी समय देखिदैन । समय हामी आफैंसँग छ भनेपछि त्यसदिनबाट हामीले समयलाई खोज्न छोडेका थियौँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

माटो

राखेको थिएँ आँखामा देश
सजाएको थिएँ निधारमा देशको माटो
केरेको थिए हत्केलामा आफ्नै भाग्य
सुरक्षित थियो मुटुमा तिम्रो प्रेम ।

रगतको होली खेल्दै
मलाई जन्मदिएकी मेरी आमा
आफ्नै जिन्दगी धरौटीमा राखेर
आफ्नै सपनाहरूको सिरानी मलाई लगाइदिएर
फेरि अर्को सहरमा
ठुलो सपना खोज्न जाने मेरा बाको
बर्णन त म यहाँ गर्न सक्दिन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाटोको साइनो

आज पनि स्कुल जान ढिलो भैसक्यो । गाग्री भरेर घरमा जाने पालो नै आएको छैन । दुई घन्टा कुरेपछि मात्र बल्लतल्ल पालो आयो आधा घन्टा लाग्ने बाटोमा पन्ध्र मिनेटमै घर पुगे । छिटोभन्दा छिटो खाएर झोला बोकेर स्कुल गए । यो समस्या मेरो मात्र हैन त्यस गाउँमा बस्ने हरेक स्कुल पढ्न जाने विद्यार्थीरुको छ । योभन्दा १० र १२वर्ष अघि जस्तो थियो समस्या आज पनि उहीँ छ । समय बदलियो तर समस्या बदलिएको छैन ।

एक पिरिएड कलास सकिनै लागेछ । आज पनि ढिलो गरेको हुनाले सरले मुर्गा बनाए रै छोडनु भयो । मज्जाले बनियो किन डराउनु गल्ती त आफ्नै छ हैन । गल्ती गरेपछि झुक्न डराउनु हुन्न भन्ने मेरो मान्यता ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आऊ

नाघेर अजङको पहाड
टेकेर खुकुरीको धारमा
बोकेर हृदयको काँधमा
हलो र जुवा
समातेर हत्केलामा कोदाली
पखालेर आँखाका कचेरा
आऊ माटो कोर्न
म हिडिसकें

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिट नं. तीन

कल्पनाको लोकमा पुगेर जीवनका केही तिता मिठा रङ्गहरूसँग पौडी खेल्दै थिएँ । केही आफ्नै वरिपरि छरपस्ट छरिएका बेरोजगारी प्रमाणपत्रहरू र जीवनका साधा किताबहरुले आफैलाई गिज्याइरहेका थिए । आमा कहिलेकाहीं कराउनु पनि हुन्छ छोरी मान्छे भएर पनि आफ्नो सामान त मिलाएर राख्नु नि ! खै कसरी जाने पो हो यिनिहरुको जिन्दगी गारो छ बाबै सधैं केटाकेटी जस्तो नै गर्छन् । आफ्नै जिन्दगी केही ठाउँमा मिलाउन त सकिदैन आमा भने किताबका कुरा गर्नुहुन्छ । जे जस्तो भएपनी आमाका प्रत्येक गालीहरुलाई मैले आशीर्वाद को रुपमा ग्रहण गर्छु । कुनै पनि बा आमाले छोराछोरीको नराम्रो को लागि भने गाली कहिल्यै गर्दैनन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कारागारमा एउटा प्रेम

मनको बसपार्कमा टिकट काटेर
धड्कनको राजमार्ग हुँदैहुँदै
भन्सार छलेर
तिमीलाई मेरो प्रेम पठाएको छु
भन्न त भनेकै हौ प्रिय तिमीले
खै त मापसेमा परेर हो कि
या त बीच बाटोमा चेकपोष्ट भएर
पक्राउ परेर
कारागारसम्म पुग्यो
आएको छैन तिम्रो प्रेम
म कहाँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक (म जलेपछि मात्र)

१)
म जलेपछि मात्र आगो तापुला भनेर बस्यौ
अनि मात्र पत्रिकामा छापुला भनेर बस्यौ
जब पत्थर बनेर मूर्ति जस्तै अडिए म मन्दिरमा
त्यसपछि पोल्टाभरि आशीर्वाद थापुला भनेर बस्यौ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •