प्रेम कविता


कतै मिर्मिरेलाई चिर्दै बिहानी बोकेर उषाको लाली
मुस्कुराउँछ कि भनेर
दिउसोको पारीलो घामसँग लुकामरी गर्दै
गोधूलि सांझमा सप्तरङगी इन्द्रेणीको रङग भर्दै
रातका आकाशका ताराहरुलाई हेर्दै
घरको बार्दलीमा बसेर
जुनकीरीको धिपीधिपी उज्यालोमा
आज लेखिरहेछु म तिम्रै प्रेम कविता ।

जीवनमा इन्द्रधनुष झै रङग भर्नलाई
ती अनगिन्ती खुसीहरू बोकेर
अनगिन्ती बैसालु रहरका खातहरू बिछ्याएर
मधुर जिन्दगीको पर्खाईमा
कल्पनाको भव्य महल बनाउदै
तिम्रै प्रेमिल सम्झनामा सिरानीको
रुई बनाउने चाहना भरेर
यो रातमा स्वतन्त्रताको उपभोग गरेर
आज लेखिरहेछु म तिम्रै प्रेम कविता ।

जिन्दगीका यी थकित नदीहरुमा
एउटा सुकोमल विश्वासको अन्त्य भएको बेला
यो अन्धकार रातमा कुनै अज्ञात बस्तीमा
कोकाकुल तारमा रेटिएर
क्षयग्रस्त सारङ्गीहरू बेसुर बेसुर तालमा बजिरहेको बेला
रातभर बाघले लखेटेका सपनाहरू देख्नुभन्दा
तिम्रै प्रेमको भव्य महासागरमा डुबेर
तिम्रो मायालाई अमूल्य अवमूल्य बिरोधाभास
सेफबक्समा हिरामोती जस्तै राखेर
आज लेखिरहेछु म तिम्रै प्रैम कविता ।

यो रातमा लेखेको कविता कुनै भुत बङगालाको हुनेछैन
ती आकाशका जुनताराको हुनेछैन
धर्तीमा चियाउने ती जुनकीरीको हुनेछैन
ती कृतिम गुलाबी फूलहरुको हुनेछैन
तिम्रै हुनेछ मात्र तिम्रै प्रेम कविता हुनेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *