हिड्दा हिड्दै दोबाटोमा छोड्यौ निष्ठुरीले
बाँचा कसम गाठो पारी तोड्यौ निष्ठुरीले
दिएकै थे राजीनामा मन र मुटु तिम्रै नाममा
फिर्ता दिई कागज पत्र छोड्यौ निष्ठुरीले
निधारमा गरिबीको रेखा देखेपछि
धनीसँग नाता फेरि जोड्यौ निष्ठुरीले
तिम्रो पनि हस्ताक्षर छ मेरो कलेजीमा
अरे,आज फेरि त्यही किन खोज्यौ निष्ठुरीले

हिंड्दा हिंड्दै दोबाटोमा
हिंड्दा हिंड्दै दोबाटोमा छोड्याे निष्ठुरीले
बाचा कसम गाँठो पारी तोड्याे निष्ठुरीले ।
दिएकै थें राजीनामा मन र मुटु उसकै नाममा
फिर्ता दिई कागज पत्र छोड्याे निष्ठुरीले ।
निधारमा गरिबीको रेखा केही देखेपछि
धनीसँग नाता फेरि जोड्याे निष्ठुरीले ।
उसकाे पनि हस्ताक्षर छ मेरो कलेजीमा
आज फेरि त्यही किन खोज्याे निष्ठुरीले ?
बेटा यसाे गर्दा अज मिठाे हाेला कि भनेर मैले यसव् गरेकाे । गाली नगर है ।